बाटुली लामिछाने विश्वकै सबै-भन्दा जेष्ठ नागरिक : ‘गिनिज बुक’मा लेखाइँदै

ककनी, बिहान–बेलुका दूधसँग मासिनो गरी पिसेको भात अनि अरु समयमा हर्लिक्स, बिस्कुट र झोल पिएर ११९ वर्षीय सर्वज्येष्ठ नागरिक बाटुली लामिछानेको दैनिकी बित्ने गर्छ । परिवारमा पाँच पुस्ताको फैलावट भइसके पनि हजुरआमा लामिछाने अहिलेसम्म स्वस्थ्य देखि`नुहुन्छ ।

दाँत झरेका कारण मुखबाट समय–समयमा केही र्याल आउँछ । फुलेका कपाल खासै झरेका छैनन् । आँ`खा तेजिला देखिन्छन् । बोली स्पष्ट नभए पनि अरुले कानमा पुगेर भनेका कुरा सुन्ने र बुझ्न सक्नुहुन्छ । नजिकै आएकालाई शरीरको हाउ`भाउबाट प्रतिक्रिया दिनसक्ने हजुरआमाका आमा लामिछाने सम्भवतः विश्वकै ज्येष्ठ नागरिक भएकाले उहाँको नाम ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा दर्ज गराउने अन्तिम तयारी भएको छ ।

लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको उहाँको स्वास्थ्य परीक्षणबाट पनि पुष्टि भइसकेको छ । हालसम्म विश्वमा ११८ वर्षीय जापानी नागरिक काने तानाकाको नाममा उक्त रेकर्ड देखिएको छ । तानाकाभन्दा जेठी लामिछानेलाई नेपालले अभिलेखीकरणको प्रक्रियामा ढिलाइ गरेकाले उक्त विश्व पहिचान प्राप्तिमा ढिलाइ भएको हो ।

नुवाकोटको ककनी गाउँपालिका–८ थानसिंह निवासी छविलालकी श्रीमती लामिछानेको आवासका लागि बाटुली लामि`छाने फाउण्डेशनले निर्माण गरेको बाला भवन बिहीबार हस्तान्तरण कार्य`क्रममा यी हजुर`आमालाई ह्विलचियरमा राखेर मञ्चमा लगिएको थियो ।

उहाँ झण्डै पाँच घण्टा`सम्म एकै ठाउँमा रहेर अरुले लगाइदिएको खादा, दोसल्ला ओढेर बस्नुभयो र सहभागीको आकर्षणको केन्द्र भइरहनुभयो । ‘मलाई आशीर्वाद दिनुस् आमा’ भन्दै खुट्टा ढोग्न पुग्ने`लाई टाउकामा हात राखिदिने, ‘मलाई चिन्नुभो रु’ भन्नेहरुलाई एकछिन हेरेर हाँसिदिने`जस्ता उहाँका व्यवहार टाढा`बाट त्यहाँ पुगेकाका लागि अप्रत्यारिला लाग्थे

तर उहाँलाई वर्षौैँदेखि देखिरहेका छिमेकी केदार भण्डारी भन्नुहुन्छ, “उहाँ बलियो हुनुहुन्छ, अझै केही वर्ष केही हुँदैन, तर राज्यले उहाँलाई विश्वकै ज्येष्ठको पहिचान दिलाउन भने ढिलाइ गर्नु हुँदैन ।”

लामिछानेका ८१ वर्षीय छोरा नेत्रप्रसाद लामिछाने रातिको समयमा आमालाई पिसाब आउँदा उठेर हिँड्न पनि सक्ने र त्यस`क्रममा लड्न`सक्ने भएकाले एक जनाले नियमित रेख`देखको काम गर्ने गरेको बताउनुहुन्छ । बुहारी ईश्वरी लामि`छानेका अनुसार सासुआमालाई हालसम्म कुनै गम्भीर रोग नभएकाले उपचारका लागि अस्प`ताल लैजान नपरे पनि पछिल्लो समयमा कहिलेकाहीँ ज्वरो आउने भएकाले औषधि खुवाउने गरिएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका`स्थित गिरान`चौरमा विसं १९५९ चैत १० गते आमा देवी`कुमारी तिवारी र जय`नारायण तिवारीको कोखबाट जन्मिएकी उहाँलाई विसं २०७० वैशाख २४ गते जिल्ला प्रशासन कार्यालय`बाट खटिएको टोलीले घरमै आएर नागरिकता दिएको थियो ।

नव`निर्मित भवन हस्तान्तरण गराउँदै बागमती प्रदेशका सदस्य बद्री मैना`लीले लामिछानेलाई ‘जीवित देवी’को उपमा दिँदै उहाँको नाम विश्व रेकर्डमा लेखाउन आफ्ना तर्फबाट पनि आवश्यक सहजी`करण भइरहेकाले रेकर्ड कायम भएमा मुलुक`कै र गाउँको नाम थप फैलने बताउनुभयो ।

सय वर्षभन्दा माथि पुगेका ज्येष्ठ नागरिक`को मासिक भत्ता कम्तीमा रु २५ हजार हुने गरी बजेट तय गर्न पनि पहल भइरहेको बताउँदै उहाँले ज्येष्ठ नागरिकबारे अध्ययनका लागि कलेज खोल्ने`तिर पनि सोच्नुपर्ने जनाउनुभयो ।

नेपालमा सय वर्ष`माथिका नागरिक करिब चार हजार छन् । प्रदेशका निवर्तमान कृषि राज्यमन्त्री मैनालीको प्रदेश विकास कोषको रु १० लाख र अन्य सहयोगमा हाल लामि`छाने बस्दै आएको स्थलभन्दा माथिल्लो बारीमा एक वर्ष लगाएर उक्त एकतले भवन निर्माण गरि`एको फाउण्डेशन`का अध्यक्ष भवानी दाहालले जानकारी दिनुभयो ।

मैनालीले लामिछाने`लाई मासिक रु पाँच हजार खर्च पनि दिँदै आउनुभएको छ भने गाउँपालिकाले मासि`क रु १० हजार भत्ता दिँदै आएको छ । सो भवन निर्माणका लागि छिमेकी देवकी धितालले आठ आना जग्गा दान गर्नुुभएको थियो ।

ककनीस्थित प्रह`री चौकी`बाट चार किलोमिटरको ओरालो मोटरबाटोमा रहेको यस स्थानको जग्गाको मूल्य हाल प्रतिरोपनी करिब रु १२ लाख रहेको छ । उक्त वडाका वडाध्यक्ष एवं नेकपा एमाले का ककनी गाउँपालिकाका अध्यक्ष शेषमान लामाले विश्व रेकर्ड कायम गर्न स्थानीयस्तरबाट सबै प्रक्रिया पूरा भइसकेको बताउनुभयो ।

राष्ट्रिय ज्येष्ठ नागरिक कोषका अध्यक्ष वसन्त कार्कीले कोषका तर्फबाट लामिछानेको रेख`देखका लागि संलग्नलाई मासिक रु पाँच हजार दिने निर्णयबारे अवगत गराउनुभयो । कार्कीले ज्येष्ठ नागरिकलाई बोझ नभई आदर्श र देवताका रूपमा लिन आग्रह गर्नुभयो ।

कोषका तत्कालीन अध्यक्ष रामकृष्ण कर्माचा`र्यसहितको टोलीले दुई वर्षअघि लामिछाने ११७औँ वर्षमा प्रवेश गरेका अवसरमा उहाँको निवासमा पुगेर शुभकामनासहित अभिन`न्दन गरेको थियो । त्यसयता गिनिज बुकमा नाम लेखाउन पहल गर्दै आउनुभएका कर्मार्चाले उक्त प्रक्रि`या अब अन्तिम चरणमा रहेको बताउनुभयो ।

ज्येष्ठ नागरिक क्षेत्रका अर्का अभियान`कर्मी मोहन केसीले नेपालमा जेनेटोलोजीबारे शिक्षण संस्था र अस्प`ताल हुनुपर्ने माग गर्नुभयो । स्थानीय राजनीतिकर्मी काशीनाथ अधिकारीले गिनिज बुकमा नाम लेखाउन सङ्घीय सरकारबा`ट पहल हुनुपर्ने र कम्तीमा नेपाल`भरिको ज्येष्ठ नागरिक भनेर प्रमाणपत्र दिन ढिलाइ गर्न नहुने आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस