अमेरिकामा घर भित्र स र्पै स र्प, घर मालिक मृ तक फेला परेपछि खुलेको चकित हुने रहस्य

काठमाडौ,अमेरिकाको मेरिल्याण्ड राज्यस्थित एउटा घर भित्र चकित हुने रहस्य फेला परेको छ। घरभित्र स र्पै स र्प भेटिए । घरका मालिक भने मृ त फेला परेपछि एक रहस्य खुल्यो । मृ त ब्यक्तिको साथमा १ सय २४ वटा जिउँदा सर्पहरु पालेको अवस्थामा फेला परेको हो ।

पालिएका १ सय २४ वटा सर्पहरु मध्ये कतिपय कानूनले वर्जित गरेका विषालु स र्पहरु समेत रहेका छन् । यी स र्प के का लागि प्रयोग गरिन्थ्यो भन्ने अनुशन्धान झनै रहस्यमय बनेको छ ।सर्पहरुलाई अत्यन्त राम्रोसँग पिंजडा भित्र राखेर पालिएको राज्यका अधिकारीहरुले संचार माध्यमहरुलाई बताएका छन् । छिमेकीहरुको अनुरोधमा राज्यका अधिकारीहरुले घर जाँच गर्दा मृत ब्यक्ति र स र्पहरु फेला परेका हुन । पालिएका ति सबै सर्पहरुलाई जनाबर बिज्ञहरुले उद्धार गरेर निकालेका छन् ।

ति १ सय २४ वटा सर्पहरुमा रेटल स्नेक्स, कोब्रा, ब्ल्याक मम्बाज लगायत १४ फिट लम्बाईको जात नखुलेको सर्प समेत भेटिएको मेरिल्याण्डस्थित अधिकारीहरुले जनाएका छन ।मेरिल्याण्ड राज्यको चार्ल्स काउन्टीस्थित एक घर भित्र त्यति ठुलो संख्यामा गैर कानूनीरुपमा सर्प पालन गरिएको कुरा छर छिमेक र टोलबासी समेत अनभिज्ञ भएको बताईएको छ भने सर्पहरुलाई सुरक्षित रुपमा उद्धार गरेर स्थानान्नतरण गरिएको हुँदा सुरक्षा खतरा नभएको जनाईएको छ ।

सर्प पालक ति ब्यक्तिको मृ त्‍युको कारण हालसम्म नखुले पनि जनावरले टोकेर वा बाह्य आक्रमणबाट भए जस्तो नदेखिएको बिभिन्न सरकारी अधिकारीहरुको हवाला दिदै संचार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस