अन्जुलेनै फेरी गाउने भनिएको गीत नबिर्से तिमीलाई किन रचनाले गायिन ? चर्को वि’वाद पछि बोले सगीतकार….

दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला

अहिले रचना रिमालको श्वर रहेको एउटा गीत विवादमा परेको छ । खासगरी गायिका अन्जु पन्तको स्वरमा १५ वर्ष अघि रेकर्ड भएको गीतकार विपिन किरणको गजल नबिर्से तिमीलाई नपाएँ तिमीलाई‘ यतीबेला विवादमा परेको हो । गीतकार विपिन किरणले अञ्जु पन्तलाई तिरस्कार गरेको भन्दै आलोचना भएको छ ।

गीत संगीतका पारखी र कलाकर्मीहरुले नै सामाजिक सञ्जालमा आलोचना गरेका छन् । यस अघि यो गजललाई सुरुमा अन्जु पन्त र त्यसपछि पुरुष स्वरमा जगदिश समालको स्वरमा रेकर्ड गराएका थिए । यो गीत निकै चर्चित भएको थियो । अहिले नयाँ भर्सनमा रचना रिमाललाई गाउन दिएपनि गीतमा कतै अञ्जु पन्त र जगदिशको नाम छैन । श्रष्ठाहरुले यसको टिप्पणी गरेका छन् ।

अन्जु र जगदिशले आ आफ्नो स्वरबाट सर्वाधिक लोकप्रिय बनाएको यो गीतलाई अहिलेको भिडियोमा ती दुईको नाम नराखी रचनाकै गीत हो भनेर प्रस्तुत गरिएकोमा श्रष्टाहरुले आपत्ति जनाएका हुन् ।गीतको भिडियोमा ‘क्रेडिट टाईटल’ राख्दा बास्तविक प्रथम श्रष्टाको नाम राख्ने गरिन्छ । तर गजलकार तथा यो गीतका निर्माता विपिन किरणले अन्जु र जगदिशको नाम राखेका छैनन् ।

हाल अमेरिकामा रहेकी अञ्जुले यस वारे कुनै प्रतिकृया दिएकी छैनन् । तर अन्य कलाकर्मीहरुले भने तिब्र विरोध गरेका छन् । बास्तविक श्रष्टालाई सम्मान दिएर पुन गायन अर्थात रि भोकलिङ भनेर बल्ल रचना रिमालको नाम राखिनु पर्ने कथन विभिन्न संगीतकर्मीको छ ।यसै विषयमा गायक रजेश पायल राईले अन्जु पन्त र जगदिश समाल प्रति अहिले अबहेलना भएको भन्दै फेसबुकमा यस्तो लेखेका छन्

बिपिन किरण जस्तो हस्ती जस्ले स्रस्टाको हकको लागि लड्ने मान्छे, अनी महेश खड्का नामै काफी जस्को नाम बिना संगीत अधुरो हुन्छ अनी दुई हस्तिले यो गीत रेकर्ड गारिरहदा असली गायक जगदिश ,गायिका अन्जु पन्त लाई सम्झनु पर्दैन रु विवरणमा असली गायक जगदिश समाल र गायिका अन्जु पन्तको नाम उल्लेख नगर्नु हामी सबैलाई हानिकारक रहेको बुज्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस