को हुन् पुष्पा स्टार अल्लु अर्जुनकी श्रीमती स्नेहा रेड्डी ? फिल्मी छ जोडीको प्रेम कहानी

काठमाडौ,साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ले बक्स अफिसमा हंगामा मचाएको थियो । यसको स्टन अझै पनि चलिरहेको छ ।यो फिल्मले उनको लोकप्रियता अत्याधिक थप्यो । अहिले अल्लु अर्जुनको बारेमा सबै कुरा जान्न जो कोही इच्छुक छन् ।उनको परिवार, छोराछोरी, श्रीमतीको बारेमा जान्नको लागि मानिसहरुमा झनै उत्साह छ ।यस रिपोर्टमा हामी तपाईलाई अल्लु अर्जुनकी श्रीमती स्नेहा रेड्डी को हुन् भनेर बताउनेछौं । यससँगै यो जोडीको फिल्मी प्रेमकथा पनि थाहा पाउनुहुनेछ ।

अल्लु र स्नेहाको प्रेमकथामा प्रेम, ड्रामा, इमोशन सबै कुरा छन् । केही वर्षअघिको कुरा हो, अल्लु साथीको विवाहमा सहभागी हुन अमेरिका गएका थिए । त्यो विवाहमा स्नेहा पनि थिइन्।
अर्जुनका साथीले उनलाई स्नेहासँग भेट्न लगाएका थिए । त्यसो भए के थियो, अल्लु पहिलो नजरमा नै आफ्नो हृदय स्नेहासँग कसरी गुमाए थप पढ्दै जानुहोला ।अल्लुका लागि यो पहिलो नजरमा प्रेम थियो। त्यो दिन दुवैको भेट भयो । त्यसपछि उनीहरुबीच बिहेको कुनै कुराकानी भएन । तर, मनमा स्नेहालाई दिल दिएका अर्जुनले उनलाई मनबाट निकाल्न सकेनन् ।

अभिनेताका साथीले स्नेहालाई म्यासेज गर्न दबाब दिए । अचम्मको कुरा, स्नेहाले अल्लुको सन्देशको जवाफ दिइन्। त्यसपछि उनीहरु फोनमा कुरा गरिरहे । केही बर्ष फोनमा कुरा गरेपछि फेरि भेट भयो ।उनीहरुको भेटघाट राम्रो थियो । त्यसपछि उनीहरु पटक–पटक डेटिङमा गए । यी भेटघाटका कारण उनीहरूले एकअर्कालाई राम्ररी बुझेका थिए। दुवैले एकअर्कालाई असाध्यै माया गर्न थाले । उनीहरुले बिहे गर्ने निर्णय गरे । सुरुमा उनीहरुले आफ्नो सम्बन्ध गोप्य राखेका थिए ।

केही वर्ष डेटिङ गरेपछि अल्लुका बुवालाई उनीहरुको सम्बन्धको बारेमा थाहा भयो । सोध्दा अल्लुले आफ्नो बुवाको अगाडि स्नेहालाई माया गरेको स्वीकार गरे । अल्लुले पनि बिहे गर्ने इच्छा व्यक्त गरे ।स्नेहा व्यापारी केसी शेखर रेड्डी र कविता रेड्डीकी छोरी हुन् । सुरुमा स्नेहा र अल्लुको परिवार यो सम्बन्धका लागि तयार थिएनन् । तर प्रेममा परेका अल्लु–स्नेहा परिवारमा झगडा गर्न समेत तयार थिए । अन्ततः परिवार झुक्नुपर्यो र दम्पतीको विवाह पक्का भयो।

अल्लु र स्नेहाले २६ नोभेम्बर २०१० मा इन्गेजमेन्ट गरेका थिए । ३ महिना पछि, तिनीहरूले ६ मार्च २०११ मा विवाह गरे। विवाहको दिन, स्नेहा सुन्तला रङको कञ्जीवरम साडीमा आकर्षक देखिएकी थिइन्। उनीहरुको भव्य विवाह धेरै टेलिभिजन च्यानलहरुमा देखाइएको थियो ।

विवाह गरेको वर्षौं बितिसक्दा पनि यी जोडी पहिले जस्तै एकअर्काको मायामा डुबेका छन् । अल्लुका दुई राम्रा सन्तान छन् । एक छोरा र एक छोरी। सामाजिक सञ्जालमा जोडीको पारिवारिक तस्बिरहरू कुनै ट्रीटभन्दा कम छैनन्। अल्लु अर्जुनको परफेक्ट र खुसी परिवारका तस्विरहरु भाइरल हुन्छन् ।स्नेहा सामाजिक सञ्जालकी चर्चित व्यक्तित्व हुन् । इन्स्टामा उनका ७.२ मिलियन फलोअर्स छन् । उनले श्रीमान् र छोराछोरीसँगको तस्विर सेयर गर्छिन् । स्नेहा पेशाले व्यवसायी हुन् । उनका बुबा वैज्ञानिक प्रविधि संस्थान (SIT) का अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस