माहान श्रीमती कलेजो काटेर श्रीमानलाई जीवन दान

चितवन / चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण सफलतापूर्वक भएकाे छ । जाजरकोट जिल्ला कुशे गाउँपालिका–९ का ४७ वर्षीय भरतविक्रम शाहीको कलेजका चिकित्सकले अठार घण्टा लगाएर

U शाहीलाई कलेजो प्रत्यारोपण गरिएको हो । कलेजद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कलेजका कार्यकारी निर्देशक प्रताप देवकोटाले शाहीलाई उनकी धर्मपत्नी कमलादेवीले ६० प्रतिशत कलेजो प्रदान गरेकी थिइन् ।

अस्पतालका विषेशज्ञ चिकित्सक सर्जन डा सञ्जयकुमार यादव, डा एकानन्द सिंह, डा जयन्तकुमार शाह, हेपाटोलोजी डा सागर पौडेल, डा वरुण श्रेष्ठ, एनेस्थेसिया डा किरण अधिकारी, डा नवीन यादव, डा सुरेश गौतम, डा वीरेन्द्र राउत, रेडियोलोजिष्ट डा दीपक अधिकारी, डा सुवास ओझासहितका टोली प्रत्यारोपणमा सहभागी थिए ।

प्रत्यारोपणमा भारतको एपोलो अस्पतालका विषेशज्ञ चिकित्सकको सहभागिता रहेको थियो । कार्यकारी निर्देशक देवकोटाका अनुसार सिरोसिस् अफ लिभरको सी चरणमा पुगेका बिरामीलाई कलेजो प्रत्यारोपण गरिएको हो ।

काठमाडौँमा कलेजोको जाँच तथा उपचार गराउँदै आएका शाही दुई साताअघि मात्रै चितवन मेडिकल कलेज आउनुभएको जनाइएको छ । सिरोसिस् अफ लिभरको ‘ए’ ‘बि’ ‘सि’ चरणमध्ये शाही ‘सी’ चरणमा पुगेको जनाउँदै डा यादवले भन्नुभयो, “गत फागुनमा ‘सि’ चरणमा पुग्नुभएका

शाहीलाई प्रत्यारोपण नगराएको भए थप जीवन रहन मुस्किलपर्ने अवस्था थियो ।” शाहीका पेटमा पानी भरिएको र ठूलो भएको थियो । उनले भने “अल्कोहलका कारण कलेजो बिग्रिएको त थियो नै, हेपाटाइटिस ‘बि’ पनि बिरामीमा थियो ।”

 

प्रतिक्रिया दिनुहोस