एउटा कुखुरा बोकेर बस चढेका यात्रुलाई कुखुराको भाडा ५० रुपैया नदिइ ओर्लिन नदिएपछि…

काठमाडौं, बसमा यात्रा गर्दा भाडा तिर्नुपर्छ ।तपाईले पनि टिकट काटेर बसमा यात्रा गर्नुभएको होला तर भारत, तेलंगानामा एउटा यस्तो घटना घट्यो कि सबैको ध्यान खिचेको हो ।त्यहाँ कुखुराले बसमा यात्रा गर्दा भाडा तिर्नुपरेको छ । बसका सहचालकले कुखुराको टिकट काटेर भाडा उठाएका हुन् ।

अहिले यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तेलंगाना स्टेट रोड ट्रान्सपोर्ट कर्पोरेशन (टीएसआरटीसी) को बसमा यात्रा गर्ने कुखुराले भाडाका रूपमा झण्डै ५० रुपैयाँ तिर्नुपरेको हो समाचार अनुसार तेलंगानाको करीमनगर जिल्लामा टीएसआरटीसी बस सहचालकले बसमा यात्रा गर्ने कुखुराको टिकट काटिदिएका हुन् ।

सहचालकले कुखुराको मालिकलाई भाडा पनि तिर्न भनेको भिडियोमा देख्न सकिन्छ । यात्रुलाई टिकट दिएर उनीबाट झण्डै ५० रुपैयाँ लिएका हुन् । तिरुपतिले पेड्डापल्लीबाट करीमनगर जाने बसमा एक यात्रु बोकेका थिए ।

उनी सुल्तानाबाद जानको लागि बसमा चढे, बसका सहचालकले यात्रु मोहम्मद अलीलाई कुखुराको टिकट पनि लिन भनेका हुन् । केहीबेर दुवैबीच झगडा भयो तर बसका सहचालकले मानेनन् ।त्यसकारण कुखुराको टिकटका लागि ५० रुपैयाँ तिर्नुपरेको थियो । बसमा सवार एक यात्रुले यो पूरै घटनाको भिडियो खिचेका हुन् । त्यसपछि यो भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

जब यो जानकारी टीएसआरटीसी अधिकारीहरु सम्म पुग्यो, उनीहरु पनि छक्क परे । एक अधिकारीले कुखुराको टिकट काट्नुको सट्टा यात्रुलाई कुखुरा लिएर तल ओर्लन भन्नुपर्थ्यो भनेका छन् । टीएसआरटीसी बसहरूमा जनावरहरू लैजान अनुमति छैन ।

अधिकारीहरूले यस विषयमा छानबिन गर्ने र सञ्चालकसँग स्पष्टीकरण माग्ने आश्वासन दिएका छन् । यो पहिलो घटना होईन्, यसअघि पनि कर्नाटक राज्य सडक यातायात निगमको बसमा टिकट काटेर कुखुराबाट भारु ५२ रुपैयाँ भाडा लिइएको थियो ।

घटना यस वर्षको जनवरी महिनामा भएको हो । बसमा परिवारसँग यात्रा गरिरहेकी महिलालाई कुखुराको आधा टिकट दिन भनिएको थियो । भाडाअनुसार बसका सहचालकले उनीसँग ५२ रुपैयाँ लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस