यस्तो जवान भइन् दिलिप रायमाझी छोरी ‘दिब्या’, हेर्नुहोस तस्विरमा

नेपाली चलचित्र जगतका चर्चित नायक दिलिप रायमाझीकी छोरीपनि अब जवान भएकी छिन् । उनी सामाजिक सञ्जालमा पनि निक्कै अपडेट हुन थालेकी छिन् ।नेपालका चर्चित अभिनेता अभिनेत्रीका सन्तानहरु समेत आजकाल नेपाली चलचित्र क्षेत्रमा देखिन थालेको ट्रेण्डकै आधारमा उनीपनि चलचित्रमा हात हाल्दैछिन् ।

पछिल्लोपटक अभिनेत्री झरना थापाले छोरी सुहानालाई लिएर बनाएको चलचित्रले राम्रो ब्यापार गर्न सफल भयो । यससंगै अभिनेता दिलिप रायमाझीले समेत छोरी दिब्यालाई चलचित्र क्षेत्रमा ल्याउने तयारी गरेको बुझिएको छ ।

चर्चित नायक दिलिप रायमाझी पुत्री दिव्या राइमाझीको चर्चा अहिले चलचित्र बजारमा चलेको छ । सुन्दरताको हिसावमा चर्चित नायिकाहरुलाई पनि मात खुवाउँन सक्ने दिव्यालाई धेरैले फिल्म खेलाउँन अफर गरिसकेका छन् तर हाल अध्ययनका लागि अमेरिकामा रहेकी दिव्याले कुन फिल्म मार्फत डेब्यु गर्छिन भन्ने निक्र्यौल भएको छैन ।

प्रतिक्रिया दिनुहोस