यी प्रेमीसँग बिबाह गर्दै नायिका रेखा थापा , यी हुन प्रेमी

काठमाडौं – अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिने भएकी छन् । उनी वर्ष २०७९ मा विवाह बन्धनमा बाँधिने तयारीमा रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । पारिपारिक श्रोतले विवाह गर्ने बताएपछि उनको हुनेवाला श्रीमानका बारेमा चर्चा हुन थालेको छ ।

‘विवाह गर्दिन भनेपछि किन गर्नु हुन्न भन्दै कारण सोध्नुहुन्छ, त्यसैले त्यो प्रश्न टार्नका लागि मैले २०७९ मा विवाह गर्छु भनेको छु। हुन त प्रत्येक वर्ष म अर्को वर्ष विवाह गर्छु भनिरहेकै हुन्छु,” रेखा भन्छिन् । अभिनेत्री थापाले विवाहको खबर हल्ला मात्रै भएको बताउन खोजे पनि उनले आगामी वर्ष हुने भनिएको उनको विवाहको कुरालाई भने नकारिनन् ।

“फेरि मैले विवाह गर्दिन भनिहाले भने अरु हाम्रो बहिनीहरुमा पनि विवाह नगर्दा पनि हुन्छ भन्ने सन्देश जाला भनेर पनि विवाह गर्छु भनेको हो,” उनले ठट्यौली स्वभावमा जवाफ दिइन् । उनी आफ्नो विवाहबारे खुलेर कुरा गर्न नचाहे पनि पारिवारिक स्रोतका अनुसार उनको विवाह हुने निश्चित भइसकेको छ ।

उनी आउँदो वैशाखमा विवाह गर्ने तयारीमा छन् । मिति भने फाइनल हुन अझै बाँकी छ । तपाईंको विवाह वैशाखमा हुने हो भन्ने जिज्ञासामा उनले भनिन्, “फिक्स भइसकेको छैन । यो न्युज पनि लेख्नुपर्छ र रु” उनले दुलहाका बारेमा भने केही बताउन चाहिनन् ।

रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् । सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । दर्जनौ सुपरहिट चलचित्र “काली” र “हिम्मतवाली” पछि २०७० चैत-२६ मा चलचित्र “रामप्यारी” लिएर आएकि थिइन् ।

प्रतिक्रिया दिनुहोस