ज्वाँईसँग भागिन् सासु, कारण थाहा पाउदा सबै चकित

एक महिला आफुभन्दा आधा उमेर कान्छा ज्वाँईसँग भागेकी छिन् ।भनिन्छ सच्चा प्रेममा कुनै धर्म, जाति वा उमेरको सिमा हुँदैन । प्रेम जहिले, जो कसैसँग पनि हुन्छ ।सबै बन्धनहरू प्रेमको अगाडि फीका हुन्छन् । यस्तै एक घटना अहिले बाहिर आएको छ ।

भारत, बिहारको मुजफ्फरपुरबाट यस्तै घटना बाहिर आएको हो । त्यहाँ एक ५० वर्षीया महिला २५ वर्षीय युवकको प्रेममा परिन् ।उनीहरु दुबैले एक अर्कालाई मन दिए । दुवैले सँगै बाँच्ने र मर्ने वाचा पनि खाएको बताइएको छ । उनीहरु सँगै बस्न चाहन्थे, त्यसैले घरबाट भागेर विवाह गरेको समाचारमा उल्लेख गरिएको छ ।

जब ति दुबैको प्रेम बारे थाहा भयो, तब गाउँमा एउटा हलचल मच्चियो । उनीहरुको सम्बन्ध सासू–ज्वाँईको हो । ज्वाइँप्रति सासूको प्रेमको खबर सम्पूर्ण क्षेत्रभरि फैलियो ।
महिलाका पति र छोरी दुबैले विवाहलाई लिएर आपत्ति जनाएका छन् । सोही विषयलाई लिएर घरमा हंगामा पनि भयो ।त्यसैबीच, कसैले यो कुरा प्रहरीकहाँ लिएर गर्यो । अहिले प्रहरीले दुबैलाई हिरासतमा लिएको छ । उनीहरुमाथि शान्ति भंग गरेको आरोप लागेको छ ।

शान्ति भंग गरेको कसुरमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको छ । प्रहरीका अनुसार मुजफ्फरपुर जिल्लाको भउराकलान प्रहरी चौकी क्षेत्र अन्तर्गतको गाउँमा घटना देखा परेको हो ।
त्यहाँ बस्ने एक महिलाले आफ्नो छोरीको विवाह केही महिना पहिले गर्दिएकी थिइन् । छोरीको विवाह पछि उनी ज्वाँईको प्रेममा परिन् । त्यस कारणले गर्दा ती दुबै घर छोडेर १० महिना पहिले भागेका थिए ।

उनीहरु फरार भएपछि परिवारका सदस्यहरूले कुनै प्रतिवेदन पेश गरेनन् । जानकारीका अनुसार १० महिना पछि दुबै अदालती विवाह गरेर घर फर्के । जब महिलाकी छोरीले आपत्ति जनाइन्, घरमा हंगामा शुरू भयो ।घटनापछि प्रहरी पुगेको थियो । प्रहरीले ती दुबैलाई हिरासतमा लिएको छ । उनीहरु अहिले प्रहरी चौकीमा बन्द छन् ।

प्रहरीको अगाडि पनि सासू र ज्वाँई एक अर्कासँग बस्ने वाचा गर्न थाल्छन् । उनीहरु प्रहरीका सामुन्ने पनि सँगै बाँच्ने कसम खाइरहेका छन् । घटना बढेको देखेर, प्रहरीले ती दुवैलाई शान्ति उल्लंघन गरेको आरोपमा उजुरी दायर गरेको छ ।

सासू र ज्वाँईको बिहे गाउँभर चर्चाको विषय बनेको छ । गाउँमा बिभिन्न कुराहरु उठ्न थालेपछि परिवारका अन्य सदस्यहरु दुबैबाट टाढा भएका छन् ।सासूले ज्वाँईसँग विवाह गरिसकेको जानकारी प्राप्त भएको भौरकलानका एसपीओ बताए । विवाह गरेको १० महिना पछि उनीहरु ब’लपू’र्वक घ’रमा प्रवेश गरेका थिए

प्रतिक्रिया दिनुहोस