२ सय २६ किलो तौलकै कारण लाखौँको कमाइ, भन्छिन्, ‘यो शरीर मेरोलागी आशिष हो’

२ सय २६ किलो तौलकै कारण लाखौँको कमाइ एजेन्सी । यदि कुनै महिलाको २५ वर्षको उमेरमा २२६ किलोग्राम तौल भयो र उनलाई कुर्सीबाट उठ्नसमेत अल्छी लाग्न थाल्यो भने उनलाई आफ्नै जीउ भारी लाग्न सक्छ । तर बेलायतकी डेलिएल बिर्चलाई भने यस्तो फिटिक्कै लागेको छैन ।

उनी कहिले बाथ टबमा त कहिले घरको ढोकाबाट निस्कँदा बीचमै फस्थिन्, तर उनले आफ्नो यो कुरा सबैलाई लुकाइनन् । डेनियल दैनिक क्रियाकलापको क्रममा आइपर्ने यस्ता समस्याको भिडियो बनाएर सोसल मिडियामा पोष्ट गर्छिन् ।

द सनको रिपोर्ट अनुसार यस किसिमको भिडियो बनाएर उनी प्रत्येक महिना २ लाख ४० हजार रुपैयाँ कमाउँछिन् । उनी सोशल मीडिया इन्फ्लुएन्स पनि हुन् । डेनियल भन्छिन् ठूला ज्यान भएका महिलाको दैनन्दिनी कस्तो रहन्छ भनेर मानिसलाई यो कुरामा व्यापक रुची पनि छ ।’

उनले सुरुमा आफ्नो तौल लुकाउनका लागि त्यस्तै खालको लुगा लगाउँथिन् । तर पछिल्लो समय भने उनले अनलाईनमा निर्धक्क आफ्नो मोटो शरीर देखाउन थालेकी छिन् । यसले आफूभित्र विश्वास बढाएको उनले बताइन् । आफ्नो भिडियोमा केही पनि अश्लिल नभएको डेनियलले स्पष्ट पनि पारिन् ।

यसअघि लस बाटनिस्टले अचम्म लाग्ने कुरा खुलासा गरेकी थिइन् । महिलाले उनी कसरी क्यामराको सामुन्ने आफ्नो पादको भिडियो बेचेर हजारौ डलर कमाउँथिन् भन्ने खुलासा गरेकी थिइन् । ब्रिटिस टेलिभिजन नेटवर्क च्यानल ४ मा एक डकुमेन्ट्रीमा लसले आफू यो व्यवसायमा कसरी आइन् भनेर पनि

बताएकी थिइन् । कसैले उनलाई क्यामराको अगाडि पाद्नका लागि भनेका थिए । उक्त भिडियो महिलाको हाल सम्मकै सर्वाधिक लोकप्रिय भिडियो बनेको थियो । यसपछि उनले यसको भिडियो बनाउन सुरु गरेकी हुन् । अरुले उक्त महिलालाई प्रो फार्टर अर्थात पाद्नमा माहिर भनेका थिए ।

उनको यो व्यवसाय ३ वर्षदेखि चलिरहेको महिलाले बताइन् । उनले भनिन्, ‘मानिसहरुले लगातार मलाई अनुरोध गरिरहेका थिए । मैले पनि यहि गर्नेछु भनेर निर्णय लिएँ र यसका लागि मानिसले मलाई पैसा दिइरहेका छन् ।’ उनले राम्रो पादका लागि मिहिनेत गरिरहेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस