आज फेरी बढ्यो सुनकाे मुल्य ! हेर्नुहोस तोलाको कति पुग्यो ?

काठमाण्डाै – सुनको भाउ आज पनि बढेको छ । आज सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेर ९६ हजार सात सय रुपैयाँमा पुगेको छ ।

यो हप्ता सुरु भएयता नै सुनको भाउ तोलामा २५ सय रुपैयाँले बढ्यो । अस्ति आइतवार तोलामा १५ सय रुपैयाँले बढेर ९५ हजार ५ सय रुपैयाँमा पुगेको थियो । हिजो भने अस्तिकै भाउमा सुनको कारोबार भएको थियो। तर, फेरि आज तोलामा १२ सय रुपैयाँले बढेको छ ।

युक्रेनमा भइरहेको तनावका कारण सुनको भाउ बढेको हुनसक्ने अनुमान गरिएको छ । युक्रेनमा रुसले आक्रमण गर्न सक्ने भन्दै अमेरिकासहित पश्चिमा देशहरुले रुसमाथि कडा चेतावनी दिन थालेका छन् । विश्वका शक्तिशाली राष्ट्रमा हुने गतिविधिका कारण सुनको भाउमा असर पर्ने गरेको छ ।

सुनमा गरिएको लगानी सुरक्षित मानिने भएकाले यस्तो बेला सुनको माग र कारोबार धेरै हुनेगर्छ । यसले गर्दा भाउ बढ्ने नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ। तोलामा २० रुपैयाँले बढेर चाँदी आज १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस