बिहेमा कट्रिनालाई पति विक्कीले भन्दा पूर्वप्रेमी सलमान र रणवीरले दिए यती महंगो उपहार !

बलिउडमा २०२१ को सबैभन्दा ठूलो बिहे अर्थात विक्की कौशल र कट्रिना कैफको बिहे सकिएको छ । यसलाई २०२१ को सबैभन्दा महंगो बिहे भनिएको छ । बिहे सकिएसँगै सबैभन्दा धेरै चर्चा कट्रिनाका पूर्व प्रेमीहरुले उनलाई दिएका उपहारहरुको छ ।

बलिउड लाइफको रिपोर्टअनुसार सलमान खानले कट्रिना कैफलाई ३ करोडको रेंजरोभर कार दिएका छन् । सलमान र कट्रिनाबीच ब्रेकअपपछि पनि सम्बन्ध राम्रो छ । उनीहरुको अनस्क्रिन जोडी निकै मन पराइएको छ । रणवीर कपूरले कट्रिनालाई हिराको हार दिएको बताइएको छ । यो हारको मूल्य २.७ करोड रहेको भारतिय संचारमाध्यमले जनाएका छन्।

रिपोर्टका अनुसार आलिया भट्टले नयाँ दम्पतीलाई परफ्युम बास्केट उपहार दिएकी छिन् जसको मूल्य लाखौंमा छ । अनुष्का शर्माले उनलाई ६.४ लाखको हिराको इयररिंग दिएकी छिन् । शाहरुख खानले १.५ लाखको पेन्टिङ उपहार दिएका छन् । ऋतिक रोशनले विक्कीलाई सुपरबाइक बिएमडब्लु जी ३१० दिएका छन् । यसको मूल्य ३ लाख पर्छ । तापसी पन्नुले १.४ लाखको प्लाटिनम ब्रासलेट दिएकी छिन् ।

कट्रिनाले विक्कीलाई मुम्बइमा १५ करोडको अपार्टमेन्ट दिएकी छिन् । भने बिक्की कौशल आफूले आफ्नी पत्नीलाई हिराको औंठी दिएका छन् । यो औंठीको मूल्य १.३ करोड बताइएको छ । यस हिसाबले बिक्कीले आफ्नी पत्नीलाई दिएको उपहार भन्दा कट्रिनालाई उनका पूर्व प्रेमीहरुले दिएको उपहार महंगो परेको छ । कट्रिनाको पहिले सलमान खान र रणवीर कपूरसँग सम्बन्ध थियो । तर सम्बन्ध बिविध कारणले सम्बन्ध अघि बढ्न सकेन ।

प्रतिक्रिया दिनुहोस