इतिहासकै सबैभन्दा ठूला चोर, यसरी गरिएको थियो एक झट्कामा ५ खर्ब ४० अर्ब चोरी, सुन्दा अचम्म पर्नुहुनेछ !

काठमाडौं,अमेरिकाको न्याय विभागले एक विवाहित जोडीलाई प,क्राउ गरेको छ । यसअघि गत हप्ता यो जोडीको साथबाट ३.६ बिलियन डलर मूल्य बराबरको बिटक्वाइन जफत गरिएको थियो।जफत गरिएको बिटक्वाइनको मूल्य अहिलेसम्म ४.५ बिलियन डलर (५ खर्ब ४० अर्ब रुपैयाँ) पुगिसकेको छ । यो जोडीले यो बिटक्वाइन २०१६ मा चोरी गरेका थिए ।

यो जोडी बिटक्वाइन ह्याकिङमा अत्यन्तै दक्ष मानिन्छन् । ६ वर्ष पहिले उनीहरुले यो बिटक्वाइन चोरी गरेका बेला त्यो बिटक्वाइनको मूल्य ७१ मिलियन डलर थियो । तर, ६ वर्षको अवधिमा त्यसको मूल्य बढेर साढे ४ बिलियन डलर पुगिसकेको छ । अमेरिकाको न्याय विभागले यसलाई इतिहासकै सबेभन्दा ठूलो क्रिप्टोकरेन्सी चोरी भनेको छ । न्यूयोर्क टाइम्सका अनुसार जस्टिस डिपार्टमेन्टले ३४ वर्षका इलया लिचटेन्सटाइन र ३१ वर्षकी हीथर मोर्गनलाई पक्राउ गरिएको बताएको छ ।

न्याय विभागका अनुसार उनीहरुबिरुद्ध १ लाख १९ हजार ७५४ बिटक्वाइन लण्ड्रिङको अभियोगमा आपराधिक मुद्दा दर्ता गरिएको थियो । यो बिटक्वाइन यी दुईले ६ वर्ष पहिले २०१६ मा हङकङको क्रिप्टो एक्सचेन्ज बिटफाइनेक्सबाट चोरी गरेका थिए । बिटफाइनेक्स संसारकै सबेभन्द ठूला भर्चुअल करेन्सी एक्सचेन्जमध्ये एक हो । लिचटेन्सटाइन र मोर्गनले यो ह्याकिङ आफैं गरेका थिए वा अरुबाट गराएका थिए भन्ने प्रश्नको न्याय विभागले कुनै जवाफ दिएको छैन ।

२०१६ मा यो चोरीले क्रिप्टोकरेन्सीको मूल्यमा नै ठूलो धक्का दिएको थियो । यो जोडीले ह्याकिङको माध्यमबाट यति ठूलो परिमाणमा बिटक्वाइन चोरी गरिदिएपछि क्रिप्टोकरेन्सीको सुरक्षामै गम्भीर प्रश्न उठेको थियो । विश्वको सबैभन्दा ठूलो करेन्सी एक्सचेन्जमा क्रिप्टोकरेन्सी मार्केटको इतिहासको सबैभन्दा ठूलो चोरीका कारण बिटक्वाइनको मूल्य करिब २० प्रतिशतसम्म घटेको थियो।

लिचटेन्सटाइन र मोर्गनलाई ह्यानहट्टनको संघीय अदालतमा मंगलबार दिउँसो पेश गरिएको थियो । न्यायाधीशले लिचटेन्सटाइनलाई ५ मिलियन डलर र मोर्गनलाई ३ मिलियन डलरको धरौटीमा रिहा गरेका छन् । अमेरिकाकी डेप्युटी महान्यायाधीवक्ता लिसा ओ मोनाकोले आरोपी जोडीले चोरी गरिएको फंडको लण्ड्रिङको लागि चक्रव्युहजस्तो जाल बिच्छ्याएको आरोप लगाएकी थिइन्।

अदालती दस्तावेजका अनुसार बिटफाइनेक्सको सिस्टम ह्याक गर्ने व्यक्तिले १ लाख १९ हजार ७५४ बिटक्वाइनलाई लिचटेन्सटाइनको डिजिटल वालेटमा जम्मा गर्नुभन्दा पहिले २ हजार ट्रान्जेक्सनको जालको माध्यमबाट घुमाएका थिए । त्यसपछि विगत ५ वर्षमा वालेटबाट करिब २५ हजार बिटक्वाइन निकाल्नको लागि पनि ट्रान्जेक्सनको निकै जटिल सिरिज तयार गरिएको थियो।चक्रव्युहजस्तो प्रणाली अपनाएर पनि अन्ततः यो जोडी आफ्नो गल्तीकै कारण समातिएका छन् ।

यो जोडीले बिटक्वाइन बेचेर आएको पैसा आफ्नो वित्तिय खातामा जम्मा गराए । यो पैसाबाट सुन, नन फन्जीबल टोकन र वालमार्ट गिफ्ट कार्ड किनिए । जाँच अधिकारीहरुले उनीहरुको यो ट्रान्जेक्सनको जाँचबाट पैसाको स्रोत पत्ता लगाए । यसका अलावा ब्लकचेनमा बिटक्वाइनको मुभमेन्टको माध्यमबाट डेस्टिनेसन सोर्स पत्ता लगाइयो । ब्लकचेन एक स्थायी विद्युतीय लेजर हो जसले बिटक्वाइनको रेकर्ड राख्छ । बिटक्वाइन हरेक पटक नयाँ डिजिटल वालेटमा जाँदा त्यसको रेकर्ड ब्लकचेनमा दर्ता हुन्छ । डिसीनेपाल बाट

३१ जनवरीमा जाँच अधिकारीहरुले सर्च वारेन्टको माध्यमबाट लिचटेन्सटाइनको क्लाउड स्टोरेज अकाउन्टको पहुँच हासिल गरे । १ फेब्रुअरीमा अधिकारीहरुले ९५ हजार ६३६ बिटक्वाइन सीज गरेका छन् जो लिचटेन्सटाइनको वालेटमा थिए । डच निकनेमबाट चर्चित लिचटेन्सटाइनसँग अमेरिका र रुस दुवै देशको नागरिकता छ । उनी आफ्नो परिचय प्रविधि व्यवसायीको रुपमा दिन्छन् । हिथर मोर्गनको लिंक्डइन पेजका अनुसार उनी उक सिरियल इन्टरप्रयोनर र कमेडिक र्यापर हुन् ।

प्रतिक्रिया दिनुहोस