अब, एमसीसी पास हुन्छ जति आन्दोलन गरे पनि केहि हुने वाला छैन : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार संसद्मा पेश भएको एमसीसी पास हुने बताएका छन् ।आइतबार बसेको प्रतिनिधि सभाको बैठकबाट बाहिरिएका प्रधानमन्त्री देउवाले सञ्चारकर्मीसँगको कुराकानीमा संसद्मा पेश भएको एमसीसी पास हुने बताएका हुन् ।

संसद् भवनबाट बाहिरिएका उनलाई सञ्चारकर्मीले प्रश्न गरेका थिए,‘अब एमसीसी के हुन्छ ?’ जवाफमा प्रधानमन्त्री देउवाले भने, ‘अब पास हुन्छ ।’

संसद् बैठक बस्नुअघि आइतबार बिहान सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच संसद्मा एमसीसी टेबल गर्ने सहमति भएको थियो । सहमतिअनुसार नै छलफलका लागि एमसीसी संसद्मा पेश गरिएको छ । तर, सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)लगायत दलहरूले संशोधन नगरी पास गर्न नसकिने अडान राख्दै आएका छन् ।

आइतबार विपक्षी दल नेकपा एमालेको अवरोध र सत्तारुढ गठबन्धनकै सांसदहरूको विरोधका बीच एमसीसी सम्झौता टेबुल भएको छ । त्यसाे त बाहिर सडकमा एमसीसीविरूद्द आन्दाेलन चर्किरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस