हामी एमसीसीको विपक्षमा छाैँ, प्रदर्शनकारीमाथि भएको दमनको विरोध गर्छाैँ : प्रचण्ड

काठमाण्डाै , सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू एमसीसीको विपक्षमा रहेको फेरि स्पष्ट पार्नुभएको छ ।माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत सत्ता गठबन्धनका नेताहरूकै सहमतिमा सरकारले आज एमसीसी संसदमा टेबल गरेको छ ।

तर प्रचण्डले भने सरकारले विवाद र विरोधकै बीच एमसीसी टेबल गरेकोमा विरोध जनाउँदै माओवादी एमसीसीको विपक्षमा उभिने बताउनुभएको छ ।अध्यक्ष प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएकाे छ, ‘विवाद र विरोधका बीच सरकारले एमसीसी टेबुल गरेको छ ।

हाम्रो पार्टी र संसदीय दलले एमसीसीकाे विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’यस्तै उहाँले एमसीसी टेबल गर्न हुन्न भन्दै प्रदर्शन गर्नेहरूमाथी प्रहरीले गरेको दमनको विरोध गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस