गायिका समीक्षा अधिकारी र नायक पल शाह ? भावुक हुदै पोखे दुखेसो ! (भिडियो)

नायक पल शाहको चर्चा निकै छ । उनको अभिनय भन्दापनि प्रेम चर्चाका कारण मिडियामा छाइरहेका छन् ।यही बिचमा उनी अनि गायिका समीक्षा अधिकारीबिचको सम्बन्धको समाचार बाहिरिए। त्यो बेलामा उनी मौन नै बसे। पछि भने उनी टेलिभिजन शोहरुमा देखिन थालेका छन् ।

गायन रियालिटी शो तिर पुगे उनी। उनी जहाँ-जहाँ पुगे त्यहाँ उनको उपस्थिति खस्किएको इमेज उकास्न उनी केन्द्रित देखिए ।

केह पहिला पलसँगको सम्बन्धबारे लेखेको स्ट्याटस गलत हो चाँडै वास्तविकता खुलाउँछु भनेर फेसबुकमा लेखेपछि गायिका समीक्षा चुपचाप बसिन्। उनी पल विरुद्ध उजुरी दिन जाने चर्चा भयो केही दिन। केहि टिम पोखरा गएर उनलाई सम्झाएको र प्याचअप भएको चर्चा पनि बाहिरियो ।

पछिल्लो पटक यी दुवै टेलिभिजन टक शोमा आए। समीक्षा आइन् एपिवानको ग्लामर गफमा। पल आए प्राइमको धमलाको हमलामा। दुवै कार्यक्रमका होस्टको लक्ष्य पल-समीक्षा विवाद खुलाउने थियो।

पल शाह र पूजा शर्माले ऋषि धमलासँग कुरा गर्दागर्दै धमलाले समीक्षाको प्रसङ्ग ल्याए। पलले उहाँ आफ्नै टिमको सदस्य हो, रेस्पेक्ट गर्छु, त्यस्तो केही हैन भन्दै गए।

‘हामी नजिक छौँ’ भन्दै गर्दा पल निकै नर्भस् देखिएका थिए कार्यक्रममा। समीक्षासँग हाई हेल्लो मात्र भइरहेको दाबी थियो पलको। समीक्षासँगको आफ्नो सम्बन्धबारे कसैले प्रोपोगन्डा गराइरहेको र लेखाइरहेको उनको दाबी थियो।

उता ग्ल्यामर गफमा गायिका समीक्षा कार्यक्रम प्रस्तोताले पलको कुरा ल्याउँदा यसबारे अहिले कुरा नगरौँ भन्दै पन्छाइरहिन्। प्रकाश सुवेदीले कहिले बोल्ने त योबारे भनेर सोध्दा उनले पछि भनेरै टारिन्।

एकाएक यी दुवै एक युट्युब च्यानलमा देखिए। जसमा दुवैले आफ्नो सम्बन्धबारे कुरा गरेका थिए। मेरो पछाडि गिरोह लागेको छ भने पलले।

पलले विवाह गर्ने वाचा गरेकोबारे प्रश्न सोध्दा समीक्षाले ‘ अहिले हामी मिल्ने साथी हौँ। भविष्यमा हुनसक्छ’ भन्ने जवाफ दिइन्। तर पल त्यो प्रश्नको उत्तर नै दिएनन् ।

तस्बिर/भिडियो – हिट नेपाल

प्रतिक्रिया दिनुहोस