आफुलाई बिहे गर्नुपर्ने माग राख्दै युबकको घर अगाडी धर्ना

प्रेमको शुरुवात जति विश्वासका साथमा सुरु हुन्छ, त्यति नै पीडादायी हुन्छ पछि हुनसक्ने धोका । प्रेममा परेका सायदै कोही व्यक्तिले धोकालाई सहज रुपमा लिन सक्लान् त ।

त्यहि भएर होला भारतमा एक युवती आफ्ना प्रेमीको घर अगाडि नै धर्नामा बस्नु परेको छ ! प्रेमीले आफूसँग बिहे गर्नुपर्ने माग गर्दै भारतको जालन्धरको बस्तीमा रहेको डेनिसमन्डाको रसिला नगरमा एक युवती आफ्नो प्रेमीको घर अगाडि धर्नामा बसेकी हुन।

आफूसँग बिहे नगरेसम्म धर्ना जारी राख्ने उनले बताएकी छन्। तर युवकका परिवारले त्यसबारे जानकारी नभएको बताएको उनको भनाइ छ । विगत ५ वर्षदेखि आफूहरु प्रेम सम्बन्धमा रहेको बताउने ती युवतीले केटाको परिवारले आफूहरुको प्रेमलाई स्वीकार नगरेको बताइन् ।

आफूले बिहेको बारेमा कुरा गर्न खोज्दा बिहे गर्न नमान्ने गरेकाले प्रहरीमा समेत उजुरी दिएको ती युवतीले बताइन् । तर प्रहरीले समेत कुनै छानबिन नथालेकाले बाध्य भएर केटाको घर बाहिर धर्नामा बसेको उनले सुनाइन् ।

आफू यसअघि समेत प्रेमिको घरमा आएको र त्यतिबेला युवकको परिवारले आफूलाई कु’टपि’ट गरेको ती युवतीले जनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस