विवाहपछि निर्देशक सुदर्शन थापा र श्रीमती सुप्रियाको रमाइलो, पहिलो भेट यसरी भएको रहेछ! झगडा पर्दैन भन्दै गरे यस्तो रमाइलो, हेर्नुहोस

काठमाडौं, सुदर्शन निर्देशकसँगै कलाकार, निर्माता हुन् भने सुप्रिया मोडल हुन्। हाल एपीवान टेलिभिजनमा कार्यरत सुप्रियाले ‘साढे सात’ नामक फिल्मसँगै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी छन्। फिल्मी यात्रामा सुदर्शनको नाम केही नायिकासँग नजोडिएको भने होइन, यद्यपि उनले आफ्नो सुप्रियासँगको छोटो प्रेमलाई विवाहमा परिणत गरेका हुन्।

निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिएको ४ महिना भएको छ । सुप्रियाको आवाज पनि राम्रो छ । उनी गीत गाउन मन पराउँछिन् । सुप्रियाले सुदर्शनलाई फरक ढंगले सोचेको बताएकी छन् । आफुले नदेखेकै अवस्थामा उनले सुर्दशनलाई देख्न चाहेको बताइन् । उनले सुदर्शन विवाहित हुन् वा अविवाहित हुन् भन्ने पनि थाहा थिएन ।

संचारकर्मीको हैसियतले उनीसंग अन्तरवार्ता गर्दा उनको हाउभाउ निकै मन परेको बताइन् । यदि त्यही बेला सुदर्शन मन नपरेको भए फेरी म भेट गर्ने थिइन् होला । सुप्रियाले सुदर्शनलाई पहिलो भेट मै उनको बारेमा प्रश्न गरेकी थिइन् । कसैसंग प्रेम छ वा छैन भन्ने पनि प्रश्न गरेकी थिइन् । सुदर्शनले एक युट्युव च्यानलमा दिएको अन्तरवार्ताको क्रममा यो कुरा बताएका हुन् ।

प्रेममा रहेको बेलामा उनीहरुबीच कहिले खटपट समेत भएको छैन । विवाह पछि पनि अहिले सम्म कहिल्यै विवाद नपरेको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस