पलले ओरप लगाएपछि दुर्गेश थापाको आयो यस्तो स्पष्टीकरण, अहिले आएर षड्यन्त्र भन्न मिल्छ?

काठमाडौं,अभिनेता पल शाहले आफूमाथि लागेका आरोप प्रमाणित भए सजाय भोग्न तयार रहेको बताएका छन्।आज बिहान सामाजिक सञ्जालमार्फत आफूमाथि षड्यन्त्र भएको जिकिर गर्दै उनले आरोप प्रमाणित भए सजाय भोग्न तयार रहेको बताएका हुन्।

बुधबार गायिका समीक्षा अधिकारीले आफूमाथि पलले यौ’ ‘न हिं’ ‘सा गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन्।जाहेरीदर्तापछि पलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। प्रहरीले पक्राउको तयारी गरेका बेला पलले आफूमाथि षड्यन्त्र भएको दाबी गरेका हुन्। पलले आफूमाथि षड्यन्त्र गर्ने व्यक्तिहरूको नाम पनि सार्वजनिक गरेका छन्।

पलले सार्वजनिक गरेकाे नाममा उनकै साथी भनेर चिनिएका गायक दुर्गेश थापा, म्यानेजर कृष्णप्रसाद जोशी, गायक तथा भिडियो निर्माता सरोज ओली र गायक सम्राट चौलागाई रहेका छन्।पलले नाम उल्लेख गरेपछि दुर्गेशले देशसञ्चारसँग फोन संवादमा भने, ‘नाबालिकाले नै पटक-पटक ऊसँग सम्बन्ध राखेको भनिसकेपछि उसले हाम्रो नाम लिएर हुन्छ?’

योभन्दा अगाडि सार्वजनिक भएको अडियोका बारेमा उनले थपे, ‘ऊ आफै केटीदेखि भागेको भागेई थियो, फोन नउठाउने भएपछि हामीले उनीहरु २ जनालाई कुरा गर्न राखेका हौँ, कुरा नबिग्रियोस भनेर।’

तपाईंहरु कुरा मिलाउन खोज्नुभएको हो भनेर सोध्दा दुर्गेशले जवाफ दिए, ‘समझदारीमा केही गर्न सकिन्छ कि भनेर हो, तर ऊ हामीबाट पनि टाढा भयो। केटीबाट पनि टाढा भयो। त्यसपछि यस्तो भएको हो। कृष्ण जोशीलाई पहिला म्यानेजरबाट निकालिएको थियो। पछि यो काण्ड आएपछि उसले मिलाउँछ कि भनेर फेरि राखिएको हो। पलले हामीलाई दोष लगाइदियो।’
दुर्गेशका अनुसार पीडित किशोरी पलप्रति असाध्यै क्रेजी थिइन्। धेरै सम्झाउँदा पनि किशोरीले विवाह गर्ने भन्दा अरु कुरा मान्य नहुने बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस