दुर्गेशसंग मिलेर पललाइ विवादमा ल्याउने पलका म्यानेजर मिडियामा भने : ‘मैले गल्ति गरे सजाय भोग्न तयार छु’ (भिडियो)

काठमाडौ,एक जना १७ वर्षकी किशोरीले अभिनेता पल शाह विरुद्ध इच्छा विपरित कर णी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि अहिले शाह सम्पर्क विहिन छन् । यद्धपी नाबालिक किशोरीले उजुरी दिएका कारण शाह अप्ठेरोमा भने परेका छन् । उनी विरुद्ध पक्राउ पुर्जी जारी भएपछि सम्पर्क विहिन छन् । प्रहरीले शाहको खोजी गरेको छ ।

किशोरीले जाहेरी दिएपछि अभिनेता शाहले पनि केही अडियो सार्वजनिक गरेका छन् । जसमा उनकै अति मिल्ने साथी दुर्गेश थापा, शाहका म्यानेजर कृष्ण जोशी लगायत ४ जना मिलेर पललाई फ’सा’उन विभिन्न योजना बनाएको सुन्न सकिन्छ । पीडित भनिएकी किशोरीको आवाज त्यहाँ कुनै पी’डितको जस्तो सुनिदैन । उनी पनि योजना बनाउन पुरै सकृय भएको बुझिन्छ।

अहिले फेरी यो घटनामा नयाँ ट्वीष्ट आएको छ । पल शाहका म्यानेजर जोशीले आफुहरुले पल शाहलाई फ’सा’उन योजना बनाएको स्वीकार गरेका छन् । त्यो योजनामा दुर्गेश थापाको ठूलो हा’त रहेको आरोप पनि लगाएका छन् । दुर्गेशले त पललाई सि’ध्या’इदि’उँ नै भनेका थिए । त्यो सुनेपछि म झसंग भए । अनि पलदाईलाई गएर सबै कुरा मैले भनेँ । अहिले म निकै पछुतो भएपछि सार्वजनिक भएको छु ।

यसरी षडयन्त्र गर्ने म लगायत हाम्रो समूहलाई गा’ली ग’र्नुस् हामीलाई सजाय दिनुस् । म सजाय भोग्न तयार छु । भिडियोमा किशोरीको नाम पनि लिइएको छ । सबै मिलेर हामीले किशोरीलाई प्रयोग गरेका हौं । पहिला युवती हाम्रो समुहमा थिइन् । उनले सबै कुरा हामीलाइ भनिन् त्यो कुरालाई लिएर हामीले फाइदा उठाएको हो । उनले दुर्गेश र सरोजका ब्यक्तिगत रि’सि’इविका कारण बनाएको योजना हो भनेका छन्।

उनले पल शाहले सार्वजनिक गरेका कुरा भन्दा अझै ठूला योजना बनेको पनि खुलासा गरेका छन् । उनले भने, त्यो अडियोमा त केही छैन ति भन्दा अझै ठूला योजना पनि छन् । ति कुरा विस्तारै भनुँला । बाँकी यो भिडियोमा हेर्नुस्।

प्रतिक्रिया दिनुहोस