आफ्नो श्रीमतीको सडक दुर्घटना र घरमा आ’गोला’गेपछि फेरिएको पुटिनको जीवन, यस्ता छन् पुटिनका १० रोचक किस्सा

काठमाडौं, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विश्वका सबैभन्दा शक्तिशाली नेता हुन् । सन् १९९९ मा तत्कालीन रुसी राष्ट्रपति बोरिस याल्त्सिनले प्रधानमन्त्री नियुक्त गरेयता पुटिन निरन्तर रुसी सत्तामा छन् । निकै चर्चामा आइरहने नेता भएपनि उनका बारे केही त्यस्ता तथ्यहरु छन्, जुन सबैलाई थाहा नहुन सक्छ ।

१. केजीबीका पूर्व जासुस- भ्लादिमिर पुटिन तत्कालिन सोभियत संघको जा’सुसी निकाय केजीबीका जा’सुसका रुपमा कार्यरत थिए । सन् १९९१ मा राजीनामा दिनुअघि केजीबीको जासुसका रुपमा उनले १६ वर्ष काम गरेका थिए । केजीबीमा विदेशी जा’सुसी अधिकारी रहेका उनी लेफ्टिनेन्ट कर्णेलको पदसम्म पुगेका थिए ।

२. जर्मन भाषामा निपूर्ण- भ्लादिमिर पुटिन जर्मन भाषामा नि’पूर्ण मानिन्छन् । केजीबीमा काम गर्ने क्रममा सन् १९८५ देखि ५ वर्ष पूर्वी जर्मनीमा बिताएका उनले त्यहाँ रहने क्रममा जर्मन भाषा सिकेका थिए । उनको जर्मन भाषामा निपूर्णताको जर्मन पत्रकार तथा राजनीतिज्ञले पनि प्रशंसा गर्ने गरेका छन् । त्यसबाहेक कहिलेकाहीँ उनले जर्मन पत्रकारलाई जर्मन भाषामै पनि अन्तरवार्ता दिने गरेका छन् ।

३. संसारको सबैभन्दा धनी रहेको हुनसक्ने-भ्लादिमिर पुटिन संसारको सबैभन्दा धनी रहेको हुनसक्ने अड्कलबाजी हुने गरेको छ । उनको सम्पत्तिको श्रोत केही नभएपनि ठूलो धनराशी उनको वा उनका साझेदारको नाममा रहेको हुनसक्छ । उनको कूल सम्पत्ति करिब २ खर्ब अमेरिकी डलर बराबर रहेको हुनसक्ने अनुमान गरिन्छ । हरेक वर्ष अर्बपतिको सूची सार्वजनिक गर्ने अमेरिकी अखबार फोब्र्सले समेत पुटिनको सम्पत्ति कति छ भन्ने थाहा नपाएर उनलाई अर्बपतिको सूचीमा राख्ने गरेको छैन ।

४. जुडोमा ब्लाक बेल्ट- भ्लादिमिर पुटिन मार्शल आट्र्स धेरै नै मन पराउँछन् । मार्शल आट्र्समा पनि उनी जुडोमा निकै राम्रो खेलाडी हुन् । किशोरावस्थादेखि साम्बो खेलमा रुची रहेका उनले केजीबीमा काम गर्दा जुडो पनि सिक्न थालेका थिए । जुडोमा उनले ब्लाक बेल्ट समेत लिइसकेका छन् । कुशल जुडोका खेलाडी रहेका उनी बेलाबेला सेतो पोसाक लगाएर जुडो खेल्दै गरेको तस्बीरमा समेत देखिँदै आएका छन् ।

५. टाइपराइटर-रुसी राष्ट्रपति भएपनि उनी टाइप राइटरमा काम गर्छन् । सन् २०१३ यता उनले टाइपराइटरबाट काम गर्ने गरेका हुन् । खासमा आधुनिक कम्प्युटरको प्रयोग गर्दा अमेरिका वा पश्चिमा मुलुकले रुसी राज्य सञ्चालनको गो’प्य जानकारी चोर्नसक्ने भएकाले उनले टाइपराइटरको प्रयोग गर्ने गरेका हुन् ।

६. अर्थोडक्स इसाई- सोभियत संघमा नास्तिक परिवारमा हुर्केका पुटिन निकै आस्थावान अर्थोडक्स इसाई हुन् । सन् १९९० को दशक आफ्नी जीवनसाथीको सडक दुर्घटना भएको तथा घरमा आ’गला’गी भएपछि उनी चर्च धाउन थालेका हुन् । त्यसयता उनी रुसी अर्थोडक्स चर्चप्रति निकै श्रद्धावान् छन् । उनका नीति तथा कार्यक्रमलाई त्यहाँको रुसी अर्थाेडक्स चर्चबाट पनि ठूलो समर्थन मिल्दै आएको छ ।

७. एकदमै हट्टाकट्टा व्यक्तित्व-भ्लादिमिर पुटिनको व्यक्तित्व निकै नै हट्टाकट्टा छ । उनी कहिले जङ्गलमा शि’का’र खेल्न निस्कन्छन्, कहिले साइबेरियाको चिसो तालमा पौडी खेल्न । उनी कहिले कहीँ ल’डा’कु विमान पनि उडाइरहेका हुन्छन् । त्यस्तै, उनी मोटर स्पोट्र्समा निकै रुची दिने गर्छन् । त्यो बाहेक पुटिन आइस हकी खेलमा पनि सहभागी हुँदै आएका छन् । रुसी सञ्चारमाध्यमले उनका यस्ता अनेक गतिविधिबाट उनलाई निकै ह’ट्टाक’ट्टा व्यक्तित्वका रुपमा प्रस्तुत गर्ने गरेको छ ।

८. महङ्गा घडी लगाउन मन पराउने-भ्लादिमिर पुटिन निकै महङ्गो घडी लगाउन मन पराउँछन् । उनी ५ लाख अमेरिकी डलर बराबरको घडी लगाउने गर्छन् । उनले लगाउने अ लान्ज एण्डा सोह्ने कम्पनीको टर्बोग्राफ पो ले मेरिट घडीमा १८ क्यारेट सुन रहेको छ भने घडीका डायल चाँदीको छ । त्यस्तै, उनको घडीको फित्ता गोहीको छालाले बनेको छ । घडी नबिग्रियोस् भन्ने हेतुले उनी आफ्नो दाहिने हातमा घडी बाँध्ने गर्छन् ।

९. हरेक वर्ष पत्रकार सम्मेलन गर्ने-भ्लादिमिर पुटिन आफ्ना जनताको दुखेसो र गुनासो सुन्न हरेक वर्ष पत्रकार सम्मेलन गर्ने गरेका छन् । पत्रकार सम्मेलनमा रुसका विभिन्न स्थानबाट गुनासो र समस्या लिएर उनलाई टेलिफोन आउने गर्छ । त्यसबाहेक पत्रकारहरुले पनि उनलाई विभिन्न प्रश्नहरु सोध्ने गरेका छन् । उनको यो पत्रकार सम्मेलनको समारोह निकै रोचक हुने गरेको छ ।

१०. कुकुर मन पराउने,उनी कुकुर खुबै मन पराउँछन् । उनले घरमा केही कुकुर पालेका छन् भने विदेशी मुलुकका नेताहरुले पनि उनलाई कुकुर उपहार दिने गरेका छन् । त्यसबाहेक उनले कुकुरलाई अरुलाई तर्साउनका लागि पनि प्रयोग गर्दै आएका छन् । यसैक्रममा सन् २००७ मा जर्मन चान्सलर एङ्गेला मर्केलसँग भेटवार्ता गर्नेबला मर्केल कुकुरसँग निकै डराउने जान्दा जान्दै पनि पुटिनले कुकुर कोनीलाई पनि सँगै ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस