पल र नाबालिका गायिकाको बारेमा बोलिन गायिका ज्योति मगर, खोलिन यस्तो भित्रि कुरा

काठमाडौं,नाबालिगमाथि जबर्जस्ती करणी गरेको अभियोगमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार आत्मसमर्पण गरेका नायक पल शाहलाई ७ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ । तनहुँ जिल्ला अदालतले पललाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो

जिल्ला प्रहरी कार्यालय तनहुँकाअनुसार पलमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई पहिलोपटक ७ दिनको समय दिएको छ । ७ दिनको समयमा अनुसन्धान नसकिएमा अनुसन्धान गर्ने प्रयोजनका लागि पटकपटक गरी २५ दिनसम्म उनलाई न्यायिक हिरासतमै राख्न सकिन्छ ।

प्रहरीले अनुसन्धान सकी रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाइसकेपछि सरकारी वकिलले पलविरुद्ध मुद्दा दर्ता गर्नेछ । तर अनुसन्धानका क्रममा पलमाथि मुद्दा दायर गर्नु नपर्ने भएमा भने मुद्दा दर्ता नगरी तामेलीमा राखिदिन पनि सक्नेछ । यसेबीच गायिका ज्योति मगरले आफ्नो मुख खोलेकी छिन ।पलको र नाबालिका गायिकाको बारेमा ज्योति मगरले यस्तो लेखिन फेसबुक स्ताट्स :

कानुन त पछि बन्छ तर सस्कार र सस्कृती परापुर्वकाल देखि चल्दै आयका हुन्छन जस्लाइ बदल्न धेरै लामो समय लाग्छ… हाम्रो सस्कार मा छोरी मान्छे 15/16 बर्ष को हुदा बिहे गर्दिने चलन अझै कायम नै छ जस अनुरुप पुरुष हरु अझै यहि सोच्छन कि 15/16 बर्ष मा शारीरिक तथा मानसिक रुप मा यौ’न स’म्पर्क र प्रेमलाप को लागि योग्य हुन्छन सायद त्यस्कै परिणाम हो (पल र समीक्षा)…ब’ल’त्कार त हुँदै होइन सुरु सुरु मा मायाजाल ऐले आयर महाजाल…

पल लाई बर्बाद गर्न लागि पर्नु भयका महानुभाव हरु ले समिक्षा लाई नि बर्बाद गर्दिय… फस्ने फसाउने तथा कानुन को धजिया उडाउने र कानुन लाई गलत प्रयोग गर्ने हरु को कारण साचिकै पिडित हरु ले न्याय नपायको अबस्था हो हाम्रो देश मा… रोशनी जि ले सरकारी पद नपाउदा कृष्ण महरा जि जेल 18 बर्ष नपुगेको ले समीक्षा जि लाई बिहे गर्न नमान्दा पल शाह जेल… by the way म पल र समीक्षा दुबै को पक्ष मा र दुबै जना लाई गलत प्रयोग गर्ने त्यि 4/5 जना को बिपक्ष मा…

प्रतिक्रिया दिनुहोस