दुर्गेशलाई भाई टिका लगाईदिएकोमा पलकी बहिनीलाई पछुतो। हेर्नुहोस भिडियो

पाँचवटा अडियो क्लिपको लिंक शेयर गर्दै अभिनेताले चारजनाले गायिकालाई प्रयोग गरेर नियोजित ढंगले षडयन्त्र गरेको भन्दै उनीहरूको नाम सार्वजनिक गरेका छन् । पलले सार्वजनिक गरेका नाममा सबै यी क्षेत्रका हुन् । उनले दुर्गेश थापा सरोज ओली कृष्ण जोशी र सम्राट चौलागाईको नाम सार्वजनिक गर्दै उनीहरूकै षडयन्त्रमा आफूमाथि प्रहार भएको बताएका छन् ।
प्रहरी कार्यालयमा किटानी जाहेरी नै परेपछी कानुनी रुपमा अगाडि बढ्नुपर्नेमा दर्शकलाई भगवानको शंज्ञा दिदै नायकले आफूमाथिको सहानुभूति बटुल्न केही अडियो क्लिपहरू सार्वजनिक गरेका छन् ।

मलाई पेट दुख्न थाल्यो महि-नाबारी पनि भएन भन्दै पललाई म्यासेज लेख्न सिकाएको उक्त अडियोमा सुन्न ममाथि भैरहेको प्रमाण सार्वजनिक गर्न गइरहेको छु भन्दै सामाजिक सञ्जालमा प्रमाण सार्वजनिक गरेर पल शाहले बालापन देखाएका छन् । उनले सार्वजनिक भएको भिडिओमा गायिकालाई दुर्गेश थापा, सरोज ओली लगायतका मानिसहरूले यो लेख्नु यसो गर्नु भन्दै सिकाएको सुन्न सकिन्छ । उनीहरूले मलाई पेट दुख्न थाल्यो महि-नाबारी पनि भएन भन्दै पललाई म्यासेज लेख्न सिकाएको उक्त अडियोमा सुन्न सकिन्छ । अडियोमा केही युवाहरूको आवाज सुन्न सकिन्छ ।

नमस्कार म पल शाह – म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु । केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ ।

उक्त अडियो क्लिपमा भनिए अनुसार ” पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो” , “हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो” साथै ” घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो ” लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला ।

यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिछ्या अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ । १- साथी दुर्गेश थापा २- ठुल्दाई सरोज ओलि ३- भाई कृष्ण जोशी ४- सम्राट चौलागाई , पल शाहले ६ वटा पाँचवटा अडियो क्लिपको लिंक सार्बजनिक गरिसकेका छन्। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पानुहोस।

प्रतिक्रिया दिनुहोस