पिडित गायिकाकी नजिककी दिदीले लिभिङ्ग रिलेसन र प्रमाणको गरिन् यस्तो खुलासा (भिडियो सहित)

काठमाडौं, १७ वर्षिय नाबालिग गायिकालाई कर णी गरेको मुद्धामा अभिनेता पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले जिल्ला प्रहरी कार्यालय तनहुँलाई अनुमति दिएको छ । आइतबार जिल्ला अदालत तनहुँले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद दिएको हो ।

आइतवार आ’त्म’सम’र्पण गरेपछि प्रहरीले उनलाई म्याद थपका लागि अदालत लगेको थियो । फागुन ११ गते पल शाहविरुद्ध तनहुँ प्रहरी कार्यालयमा कर णीको कसूरमा जाहेरी परेपछि उनी फरार थिए । जिल्ला अदालत तनहुँले पक्राउ पूर्जी जारी गरेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।

त्यसक्रममा प्रहरीले उनीसँग नजिक रहेका विभिन्न व्यक्तिहरुसँग सोधपुछ पनि गरेको थियो । फरार रहेको चार दिनपछि आइतवार शाह प्रहरीसामु उपस्थित भएका हुन् । आइतवार नै पल शाहविरुद्ध उनै नाबालिग गायिकाले नवलपरासीको गैंडाकोट प्रहरी कार्यालयमा पनि कर णीको मुद्धामा किटानी जाहेरी दिएकी छन् ।

प्रहरीमा दर्ता गराएको जाहेरी पत्रमा २०७७ चैत ७ गते एक म्यूजिक भिडियोको छायांकनको क्रममा गैंडाकोटको गैंडाकोट रिसोर्टमा कर णी गरेको आरोप शाहमाथि लगाइएको छ । यसै क्रममा एउटा युटुव च्यानलले एउटा भिडियो सार्वजनिक गरेको छ ।

भिडियोमा उक्त च्यानलको दावी अनुसार गायिकाकी दिदीले नारायण उपाध्यायको लिभिङ्ग रिलेसन र प्रमाणको गरिन् खुलासा गरेको बताएको छ । उक्त भिडियोमा रहेको सम्पूर्ण कुरा हामीले यहाँ तल राखेका छौ भिडियोमा हेर्नुहोला

प्रतिक्रिया दिनुहोस