रेखा थापा भन्छिन्- को सँग लभ छ? कती पटक यौन संपर्क भयो? यस्ता कुराको कानुनलाई मतलब हुनु हुँदैन

काठमाडौं- नायिका रेखा थापाले बालिकाले काननु अनुसार सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्ने बताएकी छन्।
थापाले मंगलबार सामाजिक सञ्जालमा बालिकाको संरक्षण गर्ने भूमिका समाजको हुने उल्लेख गरेकी छन्।

‘२० वर्ष मुनिका छोरीहरु बालिका हुन, बालिका कानुनत: सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन्’ उनले भनेकी छन्, ‘समाजको भूमिका उनीहरुलाई संरक्षण गर्ने हो।’ उनले बालिकाको कोसँग प्रेम र कति पटक यौनसम्पर्क जस्ता नैतिकतावादी कुरालाई कानुनले मतलब राख्न नहुने बताइन्। ‘को सँग लभ छ? कतिपटक यौन संपर्क भयो? यस्ता नैतीकताबादी कुराको कानुनलाई मतलब हुनु हुँदैन’ थापाको भनाइ छ।

समाजमा आडम्बर व्याप्त रहेको भन्दै उनले केटी मान्छेलाई विश्वभर कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा व्याप्त रहेको उल्लेख गरेकी छन्।

प्रतिक्रिया दिनुहोस