पल हिरासतमा, बोले दुर्गेश

देशमा एमसीसी र नायक पल शाह प्रकरण लगभग एकै समयमा च’र्कियो । सोमवार संसद्ले एमसीसी अनुमोदन गरेपछि यो विषय सेलाएको छ । तर, पल प्रकरणले अझै केही समय मिडिया र सामाजिक सञ्जाल तात्ने देखिन्छ ।फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा एक नाबालिगले कर णीको मुद्धामा जाहेरी दिएपछि फरार रहेका पलले आइतवार आ’त्म’सम’र्प’ण गरे ।तनहुँ जिल्ला अदालतले उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ ।

तर, अनुसन्धानलाई समेत प्रभावित पार्ने गरी यतिबेला तनहुँ प्रहरी कार्यालय अगाडि पलको पक्षमा नारा-जुलुस भइरहेको छ भने कतिपय पल निर्दोष रहेको भन्दै सामाजिक सञ्जाल र मिडियामा विभिन्न खाले तर्क गरिरहेका छन् । कति ती नाबालिग गायिकामाथि समेत ख’निएका छन् ।

अहिले नेपाली मिडिया र सामाजिक सञ्जालमा तर्क वितर्क चलिरहेको छ । नेपाली फिल्म क्षेत्र नराम्ररी प्रभावित भएको छ ।किशोरीका परिवारले पललाई विवाह गर्न दवाव दिएको र पलले पनि दुई वर्ष पछि विवाह गर्छु भनेर प्रतिवद्धता गरेको आशयको अडियो यस अघि नै सार्वजनि भएको थियो । तर जब आफु माथि उजुरी परेपछि पल शाहले पनि आफ्नै साथीहरुले ति किशोरीलाइ उचालेर आफु विरुद्ध षडयन्त्र गरेको भन्दै अडियो सार्वजनिक गरे त्यस पछि अहिले घटनामा नयाँ नयाँ ट्वीष्ट आइरहेको छ ।

पलले सार्वजनिक गरेको अडियोमा उनकै म्यानेजर कृष्ण जोशीले आफुले पल शाह विरुद्ध लागेर गलत गरेको र आफुहरुको समुहले नै पललाई फसाउन षडयन्त्र गरेको स्वीकार गरेका छन् ।पल शाहका म्यानेजर भनिएका कृष्ण जोशीले आफु लागएत अन्य ४ जनाले पल शाहलाई फ’सा’उन योजना बनाएको स्वीकार गरेका छन् । त्यो योजनामा दुर्गेश थापाको ठूलो हा’त रहेको उनले खुलाएका छन् । पललाई ब’र्बा’द गर्नुको मूख्य कारण पैसा नै भएको उनले बताए । कृष्णको भनाई अनुसार दुर्गेशले त पललाई सि’ध्या’इदि’उँ नै योजना बुनेका रहेछन् ।

एक मिडियालाई अन्तरवार्ता दिने क्रममा कृष्णले भनेका छन्,‘त्यो बेला पललाई घा’त ग’र्नु भनेको हाम्रोलागी सानो कुरा थियो । योजना त पललाई सि’ध्या’उनु नै बनाएका थियौं ।’ पललाई मा’ ‘र्ने सम्मको योजना बनाएको कुरा थाहा पाउने बित्तिकै आफु झ’स्किएको बताउँदै कृष्णले अगाडी भनेका छन्,‘त्यो सुनेपछि म झसंग भए । अनि पलदाईलाई गएर सबै कुरा मैले भनेँ । अहिले मलाई निकै नै पछुतो भई रहेको छ । त्यही प्रयास्चित गर्नकोलागी पनि म सार्वजनिक भएको हुँ ।’

उनले दुर्गेश र सरोजका ब्यक्तिगत रि’सि’इविका कारण योजना बनाएको कुरालाई सार्वजनिक गरेका छन् । उनले भनेका छन्,‘यसरी षडयन्त्र गर्ने म लगायत हाम्रो समूहलाई गा’ली ग’र्नुस् हामीलाई सजाय दिनुस् । म सजाय भोग्न तयार छु । भिडियोमा किशोरीको नाम पनि लिइएको छ । सबै मिलेर हामीले किशोरीलाई प्रयोग गरेका हौं । पहिला युवती हाम्रो समुहमा थिइन् । उनले सबै कुरा हामीलाइ भनिन् त्यो कुरालाई लिएर हामीले फाइदा उठाउन खोजेकै हौं ।’

उनले पल शाहले सार्वजनिक गरेका कुरा भन्दा अझै ठूला योजना बनेको पनि खुलासा गरेका छन् । उनले भने,‘त्यो अडियोमा त केही छैन ति भन्दा अझै ठूला योजना पनि छन् । ति कुरा विस्तारै भनुँला । तर गायिका बैनि पनि योजना बनाउनमा म जस्तै एउटा अ’परा’धि हो । पैसाको कुराले पल दाईलाई फ’सा’उन उनीपनि तयार भएकी हुन् । किनभने पललाई फ’सा’उन त्यति सजिलो थिएन ।

गायक दुर्गेश थापाले अभिनेता पल शाहबाट पीडित बनेका नाबालिगलाई आफूहरूले मद्दत गर्ने प्रयास मात्र गरेको स्पष्ट पारेका छन् । शाहले सामाजिक सञ्जालमार्फत आफूलाई नियोजित रूपमा फसाउन थापालगायतले ष’ड’यन्त्र गरेको आरोप लगाएका छन ।

फोनमा कुराकानी गर्दै थापाले भने, ‘गल्ती गर्ने चाही ऊ, दोष चाहिँ हामीमाथि । एकजना नाबालिग ऊ बाट पीडित भएकी छन् । ती नाबालिगलाई न्याय दिलाउन हामीले सहयोग गरेका हौँ। ती नाबालिगले न्याय पाउनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ । यसबारे हामी विस्तृतमा पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौँ ।’यो भन्दा अगाडि सार्वजनिक भएको अडियोका बारेमा उनले थपे, ‘ऊ आफै केटीदेखि भागेको भागेई थियो, फोन नउठाउने भएपछि हामीले उनीहरु २ जनालाई कुरा गर्न राखेका हौँ, कुरा नबिग्रियोस भनेर।’

तपाईंहरु कुरा मिलाउन खोज्नुभएको हो भनेर सोध्दा दुर्गेशले जवाफ दिए, ‘समझदारीमा केही गर्न सकिन्छ कि भनेर हो, तर ऊ हामीबाट पनि टाढा भयो। केटीबाट पनि टाढा भयो। त्यसपछि यस्तो भएको हो। कृष्ण जोशीलाई पहिला म्यानेजरबाट निकालिएको थियो। पछि यो काण्ड आएपछि उसले मिलाउँछ कि भनेर फेरि राखिएको हो। पलले हामीलाई दोष लगाइदियो।’ दर्गेशका अनुसार पीडित किशोरी पलप्रति असाध्यै क्रेजी थिइन्। धेरै सम्झाउँदा पनि किशोरीले विवाह गर्ने भन्दा अरु कुरा मान्य नहुने बताएकी थिइन्।

त्यस पछि अहिले फेरी सम्राट चौलागाईको कुरा पनि सार्वजनिक भएको छ । उनले ति किशोरीले म पलका कारण म र्न लागेँ भनेर आफुलाई फोन गरेको र आफुले ति किशोरीलाई सहयोग गरेको स्वीकार गरेका छन् ।आफुहरुले पललाई ति किशोरीसंग धेरै नजिक हुनुहुँदैन ति नाबालिग हुन् धेरै नजिक नहुनु भनेर सम्झाएको सम्राटको भनाई छ । तर पलले आफुहरुको कुरा नसुनेको बताए

प्रतिक्रिया दिनुहोस