अमेरीकासँग ६० अर्ब लियौँ, चीनसँग ७० अर्ब मागौँ र भारतसँग ८० अर्ब मागौँ : गगन थापा

फागुण १५ काठमाण्डौँ । काँग्रेस सांसद गगन थापाले एमसीसीको ब्याख्यात्मक घोषणा अमेरीकाले स्वीकार गर्ने बताएका छन् । यो घोषणा नमाने एमसीसी अघि नबढ्ने उनले संसदमा बोल्ने क्रममा बताए ।

एमसीसी राष्ट्रघाती नभएको भन्दै नेपालको संविधान भन्दा माथि छ भन्ने कुरा हावादारी भएको पनि थापाले जिकिर गरे ।उनले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन हुने पनि बताए । बितेका १० वर्षमा सरकारमा गएका दल र नेता सबै एमसीसीमा सम्झौता गर्न संलग्न रहेको उनले बताए।महामन्त्री थापाले अनुदानकै रूपमा सबै मित्रहरूसँग सकेसम्म नेपाललाई नकारात्मक असर नपर्ने गरेर अनुदान लिँदै आएको बताए।

‘भारतसँग बिप्पा, चीनसँग बीआरआई र अमेरिकासँग एमसीसी यसकै उदाहरण हुन्,’ थापाले अगाडि भनेका छन्।अमेरिकाबाट ६० अर्ब लियौँ। अब चीनमा गएर ७० अर्ब मागौँ। भारतसँग ८० अर्ब मागौँ, उनले भने यहाँ कसैले कसैसँग दोष लगाएर हुँदैन।

बाबाआमा भावुक हुँदै भन्छन : दुबै हात नभएकी छोरी जन्मिँदा धेरै रोयौँ’ अहिले गोडाले लेखेको देखेर खुशी लाग्छ’

भरतपुर अस्पतालमा जन्मिएकी छोरीलाई पहिलो पटक काखमा राख्दा बिष्णुबहादुर मल्ल दंग थिए। श्रीमती सुकमायालाई व्यथा लागेपछि अस्पताल पुर्‍याइहाले पनि अप्रेसन गर्नु परेको थिएन। कपडाले बेरिएकी छोरीलाई स्वास्थ्यकर्मीले बिष्णुको जिम्मा लगाइदिएका थिए।

बिष्णुले जब शरीरमा बेरिएको कपडा निकालेर हेरे, छोरीका दुबै हात थिएनन्। उनी झस्किए। जन्मिनुअघि उनले चितवन मेडिकल कलेजमा आमा र बच्चाको नियमित परीक्षण गराउने गरेका थिए। परीक्षणका रिपोर्टबाट आमा-बच्चाको अवस्था सामान्य छ भन्नेबाहेक अरू जानकारी पाएका थिएनन्।

उनले भरतपुर अस्पतालमा रहेका आफन्तलाई छोरीको हात नभएको सुनाए। स्वास्थ्यकर्मीसँग कुरा राखे। स्वास्थ्यकर्मीले ‘जन्म नै यस्तै भएको हो, भाग्यमै यस्तै रहेछ भनेर चित्त बुझाउनु’ भनेपछि उनले मन बुझाए।

बिष्णु र आफन्तले चित्त बुझाए पनि त्यो कुरा आमा सुकमायालाई थाहा थिएन। डिस्चार्ज भएर घर पुगेपछि मात्रै उनले छोरीबारे थाहा पाइन्। सुरूमा गाह्रो भए पनि बिस्तारै चित्त बुझाइन्।

प्रतिक्रिया दिनुहोस