युक्रेनद्वारा नेपालीलाई पासपोर्ट मात्रै ल्याएर भर्ति हुन आव्हान, यस्तो छ सेवा सुबिधा

काठमाडौं -युक्रेनको रक्षा मन्त्रालयले उमेरको परवाह नगरी नेपाली सहित बिश्वका सबै देशका ब्यक्तिहरुलाई सेनामा भर्ति हुन आह्वान गरेको छ ।त्यहाँको रक्षा बलले ट्वीट गर्दै आफ्ना सबै नागरिकलाई सेनामा सामेल हुन आह्वान गरेको हो ।

सेनाका कमाण्डर युरी गालुस्किनले जारी गरेको ट्वीटमा नाबालिगहरूलाई सेनामा सामेल गरिने उल्लेख गरिएको छ ।‘आज, युक्रेनलाई सबै कुरा चाहिन्छ, सामेल हुने सबै प्रक्रियाहरू सरलीकृत छन्,’ ट्वीटमा भनिएको छ, ‘तपाईंको राहदानी र पहिचान नम्बर मात्र ल्याउनुहोस्, कुनै उमेर प्रतिबन्धहरू छैनन् ।’युक्रेनको रक्षा मन्त्रालयको यो ट्वीले त्यहाँको अवस्था कस्तो छ भन्ने बयान गरिरहेको छ । रुसी सेनाको आक्रमणपछि युक्रेनबाट लाखौं मानिसले देश छोडिसकेका छन् ।

युक्रेनी सरकारले १६ वर्षदेखि ६० वर्षसम्मका मानिसलाई देश छाड्न प्रतिबन्ध लगाएको छ । राष्ट्रपति जेलेनेस्कीले देशका लागि हरेक नागरिकले लड्नुपर्ने बताउँदै आएका छन् ।युक्रेनमाथि भएको हमलामा ४९८ रुसी सेना मारिएका छन् ।

युक्रेन हमलामा आफ्ना ४९८ सुरक्षाकर्मी मारिएको रुसी रक्षा मन्त्रालयले जनाएको हो । रुसले पहिलो पटक आफ्नो तर्फ भएको क्षतिको विवरण सार्वजनिक गरेको हो । तर, युक्रेनले रुसले सार्वजनिक गरेको तथ्यांक भन्दा बढी रुसी सेना मारिएको दाबी गरेको छ ।रुसी हमलामा ठूलो संख्यामा सर्वसाधारणको हताहति भएको युक्रेनले जनाएको छ । बुधबारको तथ्यांक अनुसार रुसी सेनाको आ’क्र’म’ण’मा ३५२ सर्वसाधारण मा’रि’ए’का छन् ।

प्रतिक्रिया दिनुहोस