लचिलाे बन्दै तालिबान सरकार : अफगान लगानीकर्ताहरूलाई फिर्ता हुन आह्वान

एजेन्सी, अफगान कार्यवाहक सरकारका उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादारले अफगान लगानीकर्ताहरूलाई स्वदेश फर्कन आह्वान गरेका छन् । उनले बिहीबार काबुलमा आयोजित अफगानिस्तान राष्ट्रिय निजी क्षेत्र सम्मेलनमा उक्त टिप्पणी गरेकाे सरकारले एक विज्ञप्तिमार्फत जनाएको छ ।

‘बरादारले विदेशमा रहेका अफगान लगानीकर्ताहरूलाई स्वदेश फर्केर यहाँ लगानी गर्न आह्वान गर्नु भएको जनाइएको छ । लगानीकर्ता र उनीहरूको सम्पत्तिको सुरक्षाको प्रत्याभूति हुनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय नाकाबन्दीहरु दिनप्रतिदिन खुकुलो हुँदै गइरहेको छ र उद्योग, व्यापार र लगानीमा थप सुविधा दिने प्रयास भइरहेको छ, आर्थिक अवस्था सुधार्ने प्रयास भइरहेको छ ।’

मंगलबार, विश्व बैंकको सञ्चालक समितिले अफगानिस्तान पुनर्निर्माण ट्रस्ट कोषको १ अर्ब अमेरिकी डलर स्थिर नराख्ने निर्णय गरेको छ । गत अगस्ट १५, २०२१ मा तालिबानले कब्जा गरेपछि सो रकम फ्रिज गरिएको दा अफगानिस्तान बैंक (डिएबी) ले जनाएको छ ।डिएबीले विश्व बैंकको यो कदमलाई सद्भावनाको रुपमा स्वागत गर्दै विश्व वित्तीय संस्थासँग थप सहकार्यका लागि आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस