छोरीले भागेर विवाह गरिन्, एकपटक अनुहार समेत नदेखेका ज्वाइँको जब शव आइपुग्यो…

काठमाडौं, वीरेन्द्रनगरकी कल्पना महताराले मंसिर ७ गते भागेर कालिकोटका कृष्ण हमालसँग विवाह गरिन्। कल्पनाकी आमा मटा र बुवा दानबहादुरले ज्वाइँको अनुहार देखेका थिएनन्। फोनमा भने कुराकानी हुन्थ्यो। शुक्रबार दिउँसो नेपालगञ्जबाट हिँड्नेबेला कृष्णले सासु–ससुरासँग फोनमा कुरा गरे। ‘राति सुर्खेत आइपुग्छु, भोलि (शनिबार) बिहान भेटेर कालिकोट जान्छु,’ कृष्णले फोनमा भनेको कुरा सम्झँदै मटाले भनिन्,‘ज्वाइँलाई त भेटेँ, तर लास भइसक्नु भएको रहेछ।’

शनिबार विहान ज्वाइँ नआएपछि दानबहादुरले फोन सम्पर्क गर्न खोजे। मोबाइल अफ थियो। पौने १० बजेतिर ज्वाइँको नम्बरबाट फोन आयो। ‘तपाइँको आफन्त बेहोस् हुनुहुन्छ, सुर्खेत अस्पतालमा राखेका छौं,’ ज्वाइँ बेहोस अवस्थामा अस्पतालमा रहेको खबर पाउनेबित्तिकै दानबहादुर र मटा कोलडाँडाबाट अस्पताल आइपुगे। उनीहरू अस्पताल पुग्दासम्म कृष्णलाई डाक्टरले मृत घोषित गरिसकेका थिए।

तिलागुफा नगरपालिकाका कृष्णको नाममा पसल छ। उनी भे१क ९२२ नम्बरको मिनी ट्रकमा नेपालगञ्जबाट पसलका लागि आवश्यक सामान लोड गरेर कालिकोट जाँदै थिए। मिनी ट्रक सहचालक तिलक शाहीले चलाएका थिए। वीरेन्द्रनगर उपत्यका भित्रिने मुख्यनाका सुब्बाकुनामा प्रहरीले मिनी ट्रक जाँच गर्‍यो। चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र गाडीको कागजात फेला नपरेपछि सहचालक र कृष्णलाई कु’टपि’ट गर्‍यो।

सहचालक शाहीका अनुसार कृष्णलाई गाडीबाट ओरालेर प्रहरीले कु’टपि’ट गरेको थियो। कृष्णको शरीरका विभिन्न ठाउँमा चो’कप’ट’क ला’गे’को छ। घाँटीदेखि तिघ्रासम्मका विभिन्न भागमा नि’लडा’म देखिन्छ। सहचालक शाहीले सुरुमा प्रहरीले आफूलाई कु’टपि’ट गरेको बताए। ‘मलाई प्रहरीले कु’टपि’ट गर्न थालेपछि उहाँ (कृष्ण)ले प्रतिकार गर्नुभयो,’ उनले भने, ‘त्यसपछि उहाँलाई ट्रकबाट ओरालेर प्रहरीले निर्घात् कु’टपि’ट गर्‍यो ।’ शाहीले मोबाइल पनि प्रहरीले खोसेर लगेकाले आफन्तलाई फोन गर्न पनि नसकेको बताए।

छोराको मृत्युको खबर सुनेपछि कालिकोटमा रहेका उनका बुवा–आमा र श्रीमती आउँदैछन्। आफन्तहरूले लास बुझ्न मानेका छैनन्। प्रहरीको कु’टपि’टबाट मृत्यु भएको आरोप लगाउँदै आफन्तले शनिबार दिनभर वीरेन्द्रनगरमा आन्दोलन गरे। केही प्रहरी बिट तो’डफो’ड भए। प्रहरीको कु’टा’इबाट चारजना आन्दोलनकारी घाइते भएका छन्।

प्रहरीले घटनाबारेमा अनुसन्धान भइरहेको बताएको छ। ‘चालकले म’दि’रा से’व’न ग’रे’को र कागजात पनि नभएकाले ट्रकबाट झारेर अर्को ट्रकमा पठाएका थियौं, फेरि उनीहरू फर्केर गाडीमै सुतेछन्’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले भने, ‘शनिबार साढे आठ बजेतिर चालक बलबहादुर जिसीलाई गाडी बुझाएका हौं ।’ प्रहरीले सुब्बाकुनाबाट आएको गाडीले पेट्रोल पम्पमा तेल हालेर जुम्लारोडमा रहेको ओम बुद्ध ट्रेडिङमा समान लोड गरेको देखिएको बताएको छ। ‘त्यहीँ बेला कृष्ण एक्कासि बिरामी भएर अस्पताल पुर्‍याउँदै गर्दा बाटोमा मृत्यु भएको देखिन्छ,’ उनले भने, ‘घटना अनुसन्धानकै क्रममा रहेकाले अहिलेनै धेरै कुरा भन्न मिल्दैन।’

छानबिन समिति गठन
जिल्ला प्रशासन कार्यालय सुर्खेतले घटना छानविनका लागि समिति गठन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो।
-नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस