एक लाख नाघ्यो एक तोला सुनको मूल्य

काठमाडौँ – सुनको भाउ साताको पहिलो दिन आइतबार प्रतितोलामा दुई हजार रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि गत साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार ४०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।चाँदीको मुल्य पनि प्रति तोलामा ३५ रुपैँयाको दरले बढेको छ । शुक्रबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पुरानो भन्दा पुरानो जण्डिस निको पार्छ यो फलले, यसरी गर्नुहोस् प्रयोग
काठमाडौँ, विभिन्न रोगको औषधी हाम्रै वरीपरी हुन्छन् । गाउँ घरमा हुने त्यस्ता जडिबुटीहरु कतिपय हामीले पहिचान गर्न सकेका हुँदैनौं भने कतिपय थाहा पाउँदा-पाउँदै पनि प्रयोग गर्ने तरिका नजानेर खेर गइरहेका हुन्छन् ।कतिपय महत्वपूर्ण जडिबुटी कौडीको भाउमा बेचेर त्यस बाट बनेका औषधीहरु महँगो मुल्यमा किन्न बाध्य छौं । आज हामीले हाम्रै गाउँघरमा पाइने पानी अमलाको औषधीय गुणका बारेमा चर्चा गरेका छौं ।

पानी अमलाबारे कतिपय लाई थाहा छैन होला । अमलासँग परिचित भएपनि पानी अमला पनि हुन्छ र ? भन्ने प्रश्न पनि कतिपय लाई उब्जिन सँक्छ । पानी अमला वन जंगलमा पाइने एउटा वनस्पति हो । जंगलमा पाइने एक किसिमको झार जसको जमिन मुनि फलेको दाना औषधिको रुपमा खाइन्छ । जसलाई पानी अमला अर्थात भुइँ अमला पनि भन्ने गरिन्छ।

यसको प्रयोग: पानी अमलाको पुरै भागलाई सुकाएर पिंधेको धुलोलाई ७–८ ग्रामको दरले मिश्री पानी सँग मिलाएर एक महिना सम्म खानाले जण्डिस रोग निको हुने आयुर्वेदले जनाउँछ। यसको ताजै बोटलाई पिधेर निस्किएको एक चौथाई रसलाई मिश्री पानीमा मिलाएर पिउँदा पनि हुन्छ । यो मधुमेहका रो,गीका लागि पनि लाभदायक मानिन्छ।

प्रतिक्रिया दिनुहोस