विनय र नम्रताले १४ वर्षपछि गरे स्क्रिन सेयर

नेपाली फिल्म ‘ग्रहण’ बन्ने घोषणा गरिएको छ । डेब्यु निर्देशक राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्ने फिल्मको सिक्किमस्थित गान्तोकमा सूचना तथा जनसम्पर्क मन्त्री लोकनाथ शर्माको प्रमुख अथित्यतामा भएको कार्यक्रमबीच घोषणा गरिएको हो ।

घोषणा समारोहमा फिल्मको टाइटलसँगै कलाकारसमेत सार्वजनिक गरिएको छ । फिल्ममा विनय श्रेष्ठ, नम्रता श्रेष्ठ, सारुक ताम्राकार लगायतको अभिनय रहनेछ । ‘सानो संसार’ रिलिजको १४ वर्षपछि विनय र नम्रताले स्क्रिन सेयर गर्दैछन् । फिल्ममा हरि हुमागाईंको छायांकन, प्रविन श्रेष्ठको सम्पादन, बिशाल सापकोटाको स्क्रिप्ट र स्क्रिनले रहेको छ । कथा निर्देशक गुरुङ हुन् ।थ्रीलर ड्रामा जनर रहने फिल्म रे भेन्चर्स प्राइभेट लिमिटेडको व्यानरमा निर्माण हुनेछ ।

याे पनि,इन्टर मिलानले युभेन्ट्सलाई हरायो
हाकान कालहानोग्लुको निर्णायक गोलमा इन्टर मिलानले इटालीयन सिरी ए मा युभेन्ट्सलाई १-० अन्तरले पराजित गरेको छ ।आइतबार राति टुरिनमा भएको खेलमा पहिलो हाफको इन्जुरी समयमा हाकानले पेनाल्टीमा गोल गरे ।

बाकी समय दुबै टोलीबाट गोलका प्रयास भएपनी सदुपयोग हुन सकेन ।जितपछि इन्टर ३० खेलबाट ६३ अंक बनाउदै तेस्रो स्थानमा छ । ३१ खेलबाट ५९ अंक बनाएको युभेन्ट्स चौथो स्थानमा छ ।लिगको शीर्ष स्थानमा भने एसी मिलानलाई पछि पार्दै नापोली रहेको छ ।

प्रतिक्रिया दिनुहोस