अदालतमा पल शाहले दिए यस्तो बयान दिएपछि सबैजना तीनछक !

अभिनेता पल शाह यति बेला हिरासतमा छन। १७ वर्षीया एक गायिकाले बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध जाहेरी दिएपछि उनि हिरासतमा छन्।शाह र ती गायिकाबीचको सम्बन्धको विषयले यतिबेला सामाजिक सञ्जाल तातेको छ। सोही अवस्थामा गायिकाले जाहेरी दर्ता गराएकी हुन्।

नेपालको कानुन अनुसार १८ वर्षभन्दा कम उमेरको कसैसँग सहमतिमै शा’री’रि’क स’म्ब’न्ध राखे पनि कर णी ठहरिने व्यवस्था छ। सोही कानुनका आधारमा पीडितले जाहेरी दिएकी हुन्।

कलाकार दुर्गेश थापा र सम्राट चौलागाईंले बुधबार दमौली आएर पीडितकै पक्षमा बयान दिइसकेका छन्। प्रहरीले हिरासतमा रहेका शाहसँग बयान लिए पनि उनले आरोप स्वीकार गरिसकेका छैनन्। उनले म्युजिक भिडियो सुटिङका क्रममा पीडितसँग एउटै घरमा बसे पनि शारीरिक सम्पर्क नभएको बयान दिएका थिए। पीडितको स्वास्थ्य परीक्षणमा भने नाबालिकाको कन्याजाली च्यातिएको प्रतिवेदन आइसकेको छ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ अनुसार कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई कर णी गरे वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै किशोरीलाई कर णी गरे निजले त्यस्तो महिला वा किशोरीलाई ज’बर्ज”स्ती क’र’णी गरेको मानिने कानुनी व्यवस्था छ। ‘१८ वर्ष नपुगी भोट हाल्न दिइँदैन, कुन पार्टी राम्रो, कुन पार्टी नराम्रो छुट्याउन सक्दैनन्, सेवा गर्न, जागिर खान पाइँदैन, मजदुरी गराउन पाइँदैन,’ उनले भनिन्, ‘१८ वर्षभन्दा कम उमेरका बालबालिकाको त्यो प्रकारको चेतनास्तर, सामाजिक विकास र क्षमता विकास भएको हुँदैन ।

होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई ‘मञ्जुरी’ नमानिनेसमेत कानुनमा उल्लेख छ। तर, शाहले भने गायिकासँगको शा’री’रि’क स’म्ब’न्धलाई सहमतिमै भएको स्विकारिसकेका छन्। यो घटनामा मध्यराति १२ बजे एसएमएस गरेर कसैको कोठामा परिपक्व भएको कोही पुरुष आउँछु भन्नु नै महत्त्वपूर्ण प्रमाण भएको उनले बताइन्।

प्रहरीले सार्वजनिक भएको एक अडियोलाई पनि प्रमाणका रूपमा पेस गर्ने भएको छ। उक्त अडियोमा शाहले भनेका छन्, ‘यदि उनी प्रेग्नेन्ट भएको भए समस्या हुन्थ्यो, बच्चा भएको भए स्विकार्ने कि नस्विकार्ने भन्ने कुरा आउँथ्यो। गर्लफ्रेन्ड–ब्वाइफ्रेन्डबीच अन्डरस्ट्यान्डिङमा केही भयो होला।

यति सेफ हिसाबले हुँदा पनि लास्टमा बिहे नै गर्नुपर्छ भन्न मिल्दैन। हामी जिन्दगीभरि सँगै हुन्छौं। म सधैं तिमीसँग बोल्छु, रिप्लाइ गर्छु भइहाल्यो नि।’ आरोपितले नै सार्वजनिक गरेको अर्को अडियोमा पनि उनीहरूबीचमा शा’री’रिक स’म्प’र्क भएको र त्यसलाई मिलाउन उनीसहित अन्य साथी लागेको सार्वजनिक भएको थियो।

पीडित महिला एक महिनाअघि आफूमाथि पल शाहले यौ’ ‘न दु’र्व्य’व’हा’र गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन्। तर, कास्की प्रहरीले आफ्नो क्षेत्राधिकारभित्र नरहेको भन्दै तनहुँ प्रहरी कार्यालयमा जान सुझाव दिएको थियो। तनहुँ प्रहरी जानुभन्दा पहिले नै पलले पीडित किशोरीलाई फ’काइफु’ल्याई जाहेरी दर्ता नगर्न अनुरोध गरेका थिए।

प्रतिक्रिया दिनुहोस