नेपाली मजदुरकी छोरी ले भारतीय बोर्ड परीक्षामा ९६.४ % अंक ल्याएर उतिर्ण…गरेकी छन्।

रोजगारीको क्रममा भारत पुगेका एक नेपाली मजदुरकी छोरी प्रतिभाले भारतीय बोर्ड परीक्षमा ९६.४ प्रतिशत अंक ल्याएर उतिर्ण गरेकी छन्।भारतको महाराष्ट्रस्थित कोस्टाल जिल्ला’को पोल्टी पसलमा कार्यरत कृष्ण गोभिडलाल चौधरीकी छोरी प्रति’भाले स्थानीय मराठ भाषामा अध्ययन गरेर एस.एस.सीबी परीक्षामा उत्कृष्ट नम्बर ल्याएर पास भएकी हुन्।

उनका भाई प्रतिकले पनि ८९ प्रति’शत अंक ल्याएर एस`एसीबी बोर्ड पास गरेका छन्। नेपालको कैलालीका कृष्ण कामको खोजिमा धेरै वर्ष पहिले भारत पुगेका थिए।काम खोज्दै जाँदा उनले मुम्बई`बाट करिब सय किलो`मिटरको दूरीमा रहेको अलिबाग जिल्लाको जिरादमा स्थानीय पोल्टी पसलमा कामका थिए।

जिरादका पूर्व ग्राम पञ्चायत अरविन्द पाटिल कृष्ण पहिलोपटक कामको खोजिमा भारत जाँदा विवाहसमेत नगरेको बताउँछन्। ‘पछि उसले विवाह गर्यो र दुई छोरा:छोरी पनि भए, जसले अध्यनमा धेरै राम्रो गरेका छन्,’ पाटिलले भने।

कृष्णका छोराछोरीले चोन्धी गाउँमा रहको एसएम भड्के स्कुल`बाट आफ्नो पढाइ सुरु गरेका थिए। यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस