“पल बिना म अधुरो छु” भन्ने पूजाले फेसबुकमा यस्तो लेख्दै गरिन् प्रेमी सार्वजनिक

केही दिन अघि नायक पलको तस्बिर अंकित टिशर्ट लगाएर नायिका पुजा शर्मा सिनेमा हलहरूमा पुगिन् । किनकि यस फिल्मको निर्माण उनले गरेकी हुन् । त्यतिमात्र हैन फिल्ममा पलको हिरोइनको रुपमा समेत पुज देखिएकी छिन् ।

अन्तिम समयमा साथ दिन नसकेका पललाई पुजाले भने बिर्सिन सकिनन् । ‘म यस्तो गीत गाउँछु २’ को रिलिजका क्रममा उनी दर्शकको उपस्थिती हेर्न विभिन्न हलमा पल अंकित टिसर्ट लगाएर पुगेकी थिईन् ।

संचारकर्मीहरुको पलका बारेमा जिज्ञासामा उनले पलको खुलेरै समर्थन गरेकी छिन् । त्यतिमात्र हैन पललाई कसैले बिर्गान खोज्दैमा केही नहुने समेत दाबी गरिन् । उनले पललाई संझिएर भक्कानिए`की थिईन् । पत्र`कारले पुजालाई पलको तस्बिर अंकित टिशर्ट लगाएर हिँड्नुको कारण सोधेका थिए । पुजाले सहजै उत्तर दिईन् पुजा भनेकै पलको पिल्लर हो ।

“पुजाबिना पल अधुरो छ, पलबिना पुजा अधुरो छ ।” उनले पल अहिले आफ्नो साथमा नरहे पनि मनमा सधै रहिरहेको र आफुलाई साथ दिईरहेको बताईन् ।उनले पललाई संझिएर आँसु खसाएकी थिईन् । दर्शक नै सबैथोक भएको बताउँदै उनले पलको शतप्रतिशत जित हुने बताईन् । सत्यको जित हुने भन्दै पुजाले एक दिन फेरी पल दर्शकको माया लुट्न आउने दाबी गरिन्।

त्यसो भनेको केही दिन नबित्दै उनले फेसबुकमा एक युवा सँगको फोटो सार्वजनिक गरेकी छिन् । You are the ❤️ लेख्दै उनले फोटो पोस्ट गरेकी छिन् । उनले उक्त फोटो पोस्ट गर्ने बित्तिकै उनको बोइफ्रेण्ड नै त्यी व्यक्ति हुन् भन्ने कुराको अनुमान गर्न समय नै लागेन ।

पल बिना म अधुरो छु भनेर इमोस्नल बनेकी पुजा ले केही दिन नबित्तै प्रेमी सार्वजनिक गर्नुले ग्ल्यामर को दुनिया मा चर्चा मा रहन सेलिब्रेटी के सम्म गर्छन् भन्ने छर्लंग बनेको छ ।

प्रतिक्रिया दिनुहोस