दर्तापछि मात्र युट्यूब च्यानल चलाउने पाइने नियमले दीपकराज खुशी, लेखे यस्तो स्टाटस

सरकारले युट्युव च्यानल लगायत भिडियो जन्य सामग्री उत्पादन गर्ने सामाजिक सञ्जाल|का लागि दर्ता गर्नुपर्ने र त्यसका लागि इजाजत लिनुपर्ने नियम लागू गरेको छ । युट्युव लगायतका सामा`जिक सञ्जाल`लाई नियमन गर्न सरकारले कडा निय`म लागू गर्न लागेको हो । अब युट्युव च्यानल संचालन गर्न दर्ता अनि`वार्य गर्नुपर्ने छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावलीमा एघारौं संशोधन गर्दै इन्टरनेटको माध्यमबाट हुने प्रशारणको नियमन गर्ने व्यवस्था गरेको हो । अनलाइन टेलि|भिजनका रुपमा परि`भाषित गरी इजाजतका लागि ५ लाख रुपैयाँ लाग्ने समेत उल्लेख गरेको छ । अब युट्युवलगायत इन्टरनेट`मार्फत् नियमित रुपमा श्रव्य दृश्य प्रसारणलाई अनलाइन टेलिभिजनका रुपमा परिभाषित गरेको छ ।

विभिन्न परिभाषामा इन्टरने`टमार्फत् आफैले उत्पादन गरी निय`मितरुपमा श्रव्यदृश्य प्रसारणलाई अनलाइन टेलिभिजनको रुपमा परिभाषित गरेको छ । कुनै कार्यक्रम डीटीएच केवल वा उपग्रह टेलिभिजनको माध्यम प्रयोग नगरी इन्टरनेटमार्फत् गराइने सेवालाई अटोटीर त्यसले इन्टरनेटमार्फत् अरु प्लेटफर्म माथिको भिडियो स्ट्रिमिङलाई जनाउने उल्लेख गरिएको छ ।

अनलाइन टेलिभिजनले सामाग्री प्रकाशन या प्रशारण गर्दा उमेर अनुसार दर्शक, पाठक या स्रोता समेत बर्गीकरण गर्नुपर्नेछ । अब आफ्नो लक्षित बर्ग उल्लेख गरेर अनलाईन दर्ता गर्नुपर्ने छ । रेटिङ समेत राखेर बालबालिक र सबै उमेर समूहका लागि उपयुक्त हुने कार्यक्रमलाई यू, दश देखि १८ वर्ष उमेर समूहका लागि उत्पादित कार्यक्रमलाई आर र १८ वर्षभन्दा माथिको कार्यक्रमका लागि ए रेटिङ दिएर मात्र प्रसारण गर्नुपर्ने व्यवस्था गरेको छ ।

संशोधित नियमावलीको नियम २ को उपनियम २ मा गरिएको परिभाषाअनुसार कुनै कार्यक्रम डीटीएच केवल वा उपग्रह टेलिभिजनको माध्यम प्रयोग नगरी इन्टरनेटमार्फत गराइने सेवालाई ओटीटी भनिएको छ भने त्यसले इन्टरनेटमार्फत अरु प्लेटफर्म माथिको मिडियो स्ट्रिमिङ सेवा समेतलाई जनाउने उल्लेख छ ।

सरकार को यो निर्णयलाई धेरै जसोले स्वागत गरेका छन् भने कसैले आलोचना । यस्तै राम्रो काम भनेर सरकारलाई धन्यवाद दिँदै कलाकार दीपकराज गिरी लेख्छन् :देवर ले भाउजू उडायो! एउटी केटी का ४ प्रेमि!… गाइले जन्मायो मान्छेको बच्चा ! फलानो फलानि संग टाप गॉउले सबै जिल्ल!!

यस्तै मसला नै मसला ले भरिएको हेड लाइन राखेर गैर जिम्मेवार च्यानल चलाएर, दर्ता बिना नै लगाम बिनाका घोडा झै बुरूक बुरूक उफ्रने
यूटुव च्यानल हरू माथि को नियमन र कठिन दर्ता प्रकृया को सुरूवात हुने खबर आएपछि सारा जनता नै हर्ष ले गदगद भएको समाचार छ …. भन्ने समाचार पढेर म पनि प्रसन्न भएको छू !

यस्ता च्याउ झै खोलिए`का च्यानल ले नभएका झूठा कुरा लाइ आकर्षक हेड लाइन बनाएर , मानहानि गर्दै आफ्नो दूनो सोझ्याउदै आएका थिए! अब यस्ता च्यानल`हरू बन्द हुने वा सन्चालन`मा आए पनि नियमको दायरामा बस्नु पर्ने भएकोले, अहिले भएको बिकृती धेरै हद सम्म कम हुने सम्भावना छ …. शुभप्रभात! शुभदिन !!

प्रतिक्रिया दिनुहोस