पक्राउ परेकी भनिएकी शर्मिला वाइबा बुटवलमा भेटीईन, भन्छिन् जेल जान्छु तर रेखा थापा संग माफी माग्दिन्

काठमाडौं, आफुलाई अभियन्ता भन्ने केही ब्यक्तिहरुलाई प्रहरीले पल शाह घटनामा पक्राउ गरेको छ । एक किशोरीले कर णी गरेको भन्दै पल शाह विरुद्ध प्रहरीमा दिएको उजुरी पछि शाह पक्राउ परेका छन् । शाहको पक्षमा नारावाजी गर्दै तनहुँ प्रहरी कार्यालयमा पुग्ने र किशोरीको चरित्रका बारेमा कड्कलवाजी अभिब्यक्ति दिनेहरुलाई प्रहरीले कारवाही थालेको छ ।

प्रहरीको साइवर सेलले किशोरीका बारेमा अनावश्यक टिप्पणी गर्नेलाइ कारवाही गर्ने चेतावनी दिएपछि तनहुँ प्रहरी कार्यालय गेटमा नारावाजी गर्न पुगेका अभियन्ता र युट्युवरहरुले तनहुँ छोडेका छन् ।

यसैबीच नायिका रेखा थापाले किशोरीको पक्षमा दिएको अभिब्यक्तिलाई लिएर रेखाकै मान मर्दन हुने गरी अभिब्यक्ति दिएपछि केही युट्युवरलाई प्रहरीले पक्राउ गरेको छ । युट्युवर राहुल थापा, हरी उदाशी पक्राउ परेका छन् । केही मिडियामा शर्मिला वाइवा पनि पक्राउ परेको समाचार प्रकाशन भएको थियो । त्यो कुराको पुष्टि भने प्रहरीले गरेको थिएन । शर्मिला विरुद्ध नायिका रेखाले उजुरी दिएकी थिइन् ।

मिडियामा शर्मिला पक्राउ भन्दै समाचार प्रकाशन भएपछि शर्मिलाले त्यसको खण्डन गर्दै आफु वुटवलमा रहेको बताएकी छन् । उनले आफु केही नीजि कामले बुटवल पुगेको र आफ्नो फोन पनि अफ नगरेको बताएकी छन् । यदि प्रहरीले बोलाएमा आफु प्रहरीको सम्पर्कमा जाने पनि बताएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफु पक्राउ नपरेको बताएकी हुन् । केही युट्युवमा पनि आफ्ना बारे गलत समाचार प्रकाशन भएको भन्दै उनले आपत्ती जनाएकी छन् । उनि संग गरिएको कुराकानीको भिडियो तल हेर्नुहोला :

प्रतिक्रिया दिनुहोस