यिनै हुन् दुई दिने शिशु सहित ५ जना मृत्यु भएको एउटै परिवार, यस्तो थियो घटनाको कारण, हेर्नुहोस्

काठमाडौं :केहि दिन आघि ललितपुरको कोञ्ज्योसोम गाउँपालिका –४ नल्लुमा एकै घरका ५ जना मृत फेला परेका थिए । ४ जनाको घटनास्थलमै र थप एकजनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको जनाईएको थियो। घटनामा स्थानीय काइली स्याङ्तान, शुषमा स्याङतान, आषिश स्याङतान, आशमा स्याङतान् र दुई दिने शिशुको मृत्यु भएको हो।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी परिसर जावलाखेलका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले जानकारी दिए। मृतकको शव पो’ष्ट’मार्टमका लागि काठमाडौंको शिक्षण अस्पताल पठाउने तयारी भइरहेको पनि उनले बताए। घटनास्थलमा कोइला बालेको,तथा बान्ता गरेको फेला पारेको प्रहरीको भनाइ छ।

सुत्केरीलाई कोइला बा’लेर सेक्नेक्रममा झ्याल ढोका बन्द गरेकोले नि’सा’स्सियर मृत्यु हुने गरेका घटनाहरू पनि पछिल्लो समय बढ्दै गएका छन्। ललितपुरको कोन्ज्योसोम गाउँपालिका-४ नल्लुकी २२ वर्षीया सुष्मा स्याङताङले शनिबार बच्चा जन्माएकी थिइन्। प्रसूति गृहले सुष्मा र शिशुलाई आइतबार मात्रै डिस्चार्ज दिएको थियो। उनीहरू आइतबार नै नल्लु पुगेका थिए।

स्याङताङ परिवार आइतबार बेलुका खाना खाएर एकैठाउँ सुतेका थिए। कोही खाटमा, कोही भुइँमा सुतेका थिए। बेलुका सुत्केरी सेकाउनका लागि आ’गो बा’लेका थिए। उनीहरू इँटाको गारो र टिनले छाएको घरको दुई वटामध्ये एउटै कोठामा सुतेका थिए। अर्को कोठा बन्द थियो।

ढोका बेस्सरी लगाएका थिए। हावा नछिरोस् भनेर झ्यालमा बोराले क’सेका थिए। उनीहरू ५५ वर्षीय काइँला स्याङताङ, बुहारी २२ वर्षीया सुष्मा स्याङताङ, नाति ९ वर्षीय आशिष स्याङताङ र ५ वर्षीया नातिनी आशमा स्याङताङ, छोरा २२ वर्षीय सुभाष स्याङताङ र नाबालक २ दिनको नवजात शिशु थिए।

जसमध्ये अब सुभाष स्याङताङ मात्रै बाँकी छन्। सुत्केरी श्रीमती, शिशुसहित परिवारका सबै जनाको मृत्यु भइसकेको छ। महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार सोमबार बिहान साढे सात बजेतिर काइँला स्याङताङकी छोरी रोशनी घलान घर आएकी थिइन्।

उनको घर केही परको बस्तीमा घर छ। सुत्केरी बुहारी र भदाहाको मुख हेर्न एकाबिहानै आएकी रोशनीले मुख्य ढोका बन्द देखिन्। ढोका खुलेन, झ्याल बेस्सरी धकेलेर उघार्दा भित्र परिवारका सबै जना मस्त निद्रामा झैं देखिन्थे। रोशनीले बोलाइन्, कसैले प्रतिक्रिया दिएनन्। आखिर कसरी घटना हुन पुग्यो हेर्नुहोस स्थानीयवासीहरुले के भन्छन ?

प्रतिक्रिया दिनुहोस