सुँगुरको मुटु प्रत्यारोपण गरिएका पहिलो व्यक्तिको मृ,त्यु मुटुको रोग लागेका डेभिड बेनेटको शरीरमा गरिएको थियो सुँगुरको मुटु प्रत्यारोपण !

काठमाडौं, आनुवंशिक परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएका पहिलो व्यक्तिको मृ,त्यु भएको छ। ज्यान लिने खालको मुटुको रोग लागेका डेभिड बेनेटको शरीरमा अमेरिकामा सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो।

प्रत्यारोपण गरेको दुई महिनापछि उनको नि,धन भएको हो। उनको स्वास्थ्यस्थिति केही दिन अघिदेखि बिग्रिएको बाल्टिमोरस्थित उनका चिकित्सकले बताएका छन्। ५७ वर्षीय बेनेटको मङ्गलवार मार्च ८ मा निधन भएको हो। शल्यक्रियाअघि नै बेनेटलाई प्रत्यारोपणसँग सम्बन्धित जोखिमबारे थाहा थियो।

उनले त्यसलाई स्वीकार गर्दै यो अँध्यारोमा हानिएको गोली होू भनेका थिए। यूनिभर्सिटी अफ मेरील्यान्ड मेडिकल सेन्टरका चिकित्सकहरूलाई अमेरिकाको चिकित्सासम्बन्धी नियामक निकायले यो प्रक्रियाका निम्ति विशेष अनुमति प्रदान गरेको थियो।

बेनेट उनको स्वास्थ्य अवस्थाका कारण मानव मुटु प्रत्यारोपणका लागि अयोग्य रहेका र प्रत्यारोपण नहुँदा रोगले गर्दा उनको मृ,त्यु हुने निश्चित भएको बताइएको थियो। त्यसैलाई आधार मानेर उनको उपचारका लागि यसअघि कहिल्यै नगरिएको चिकित्सा अभ्यास गर्न उनका चिकित्सकहरूलाई त्यस्तो विशेष छुट दिइएको थियो।

शल्यक्रियाअघि उनी छ साता ओछ्यानमा विशेष उपकरणको सहायतामा बसेका थिए।मुटुमा समस्या देखिएपछि उनलाई जीवित राख्न त्यसो गरिएको थियो।उनको गत ज्यानुअरी ७ मा शल्यक्रिया गरिएको थियो र केही सातापछि चिकित्सकहरूले उनले आफ्नो परिवारसँग समय बिताएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस