कलाकारलाई गर्ने भ्यालू घट्यो” अभिनेत्री आँचल शर्मा-हेर्नुहोस् (भिडियो सहित)

काठमाडौं,आँचल शर्मा एक नेपाली अभिनेत्री र मोडल हुन् । उनले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र नाई नभन्नु ल ४बाट गरेकी हुन्। पहिलो चलचित्रको सफलता पछि उनले शत्रु गते र जोनी जेन्टलम्यान नामक चलचित्रमा समेत भूमिका गरिन्।

नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन् । आँचल शर्मा नेपाली सिनेनागरिकओ लागि कुनै नौलो नाम हैन । आँचल पछील्लो समय चर्चा संगै बिवादमा पनि तानिएकी हुन्छिन् । आँचल अहिले फिल्म संगै म्युजिक भिडियोमा पनि ब्यस्त रहन थालेकि छिन् । उनी भन्छिन् “मलाई म्युजिक भिडियोले धेरै कुरा सिकायो ।

अभिनेत्री आँचल शर्मालाई प्रत्यक्ष भेट्ने उनका फ्यानहरु त्यतिबेला छक्क पर्छन्, जतिबेला उनी पर्दामा भन्दा बाहिर सानी देखिन्छिन् । आँचललाई पनि यो कुरा खड्किएको थियो । यसैले उनी अहिले पर्दाकै लागि फिट देखिन तौल घटाइरहेकी छन् । ‘ओहो, तपाईं त मज्जाले घट्नुभएछ है’ भनेर कसैले भन्यो भने आँचल मख्ख पर्छिन् ।

आँचल ६५ केजीकी थिइन् । तर उनले अहिले आफ्नो तौल घटाएर ५५ केजी बनाइसकेकी छन् । आँचलका अनुसार अझै उनी ५ केजी घट्नेछिन् । ‘४७ केजी भएपछि ठिक्क हुन्छु,’ उनले भनिन् । आँचलले यो मिहिनेत नयाँ चलचित्र ‘वर एण्ड वधु’का लागि गरेको बताइन् । मिलन चाम्सको निर्देशनमा बन्ने यो चलचित्रको छायांकन यही फागुन अन्तिमबाट सुरु हुनेछ ।

भिडियो हेर्नुहोस्…

प्रतिक्रिया दिनुहोस