एमालेमा प्रवेस गर्छु भन्दै बालकोट पुगेकी करिश्मालाई ओलीले यसो भनेछन्……

काठमाडौं ,अभिनेत्री करिश्मा मानन्धरले एमाले प्रवेश गर्ने तयारी गरेकी छन् । यसैको छलफलका लागि मानन्धरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेकी छन् । करिश्मा एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसहित अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेकी हुन् ।

करिश्माले एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशबारे छलफल गरेकी छन् । छलफल अगाडि बढेको र चाँडै आफू एमाले प्रवेश गर्ने उनले बताएकी छन् ।

करिस्माले आफुले यस बारेमा धेरै पहिलेदेखि आफ्नो मनस्थिति बनाको र आफ्ना धेरै साथीभाइ एमाले निकट भएको बताएकी छन् । भेटघाटका क्रममा सहकार्य गरेर जाने कुराकानी भएको मानन्धरको भनाई छ ।

करिश्माले भनिन्, ‘म एमाले प्रवेश गर्ने सोचिराख्या थिए। कुराहरु पनि भइरहेको थियो। आज भेट भएर आफ्ना कुरा राखे। अध्यक्षज्यूसँग म एमालेमा आबद्ध हुन चाहन्छु भने। उहाँले अहिलेको कन्डिसनमा हामीसँग आवद्ध हुन सक्नुहुन्छ भन्नुभयो। कुन दिन गर्ने के गर्ने भन्ने आगामी दिनमा निर्णय गर्छौं।’

करिश्मासँगै बालकोट पुगेकी एमाले सांसद गंगा चौधरी सत्गौवाले भेटमा समसामयिक विषयमा कुरा भएको बताइन्। उनले भनिन्, ‘करिश्माजीले भेट्ने इच्छा व्यक्त गर्नुभएको थियो। त्यहीअनुसार भेट भएको हो। केही दिनमै परिणाम देखिन्छ।’

उनकाअनुसार औपचारिक रूपमै कार्यक्रम गरेर पार्टी प्रवेशको तयारी रहेको छ। यसअघि करिश्मा तत्कालीन नयाँ शक्ति पार्टीको संस्थापक केन्द्रीय सदस्य थिइन्। पछि उनी सो पार्टीमा क्रियाशील रहिनन्।

प्रतिक्रिया दिनुहोस