पल शाहको बयान-राति सुत्ने बेला गुडनाइट भन्न ती गायिकाको ढोकासम्म पुगेको हुँ, ज,’बर्जस्ती गरेको होइन

काठमाडौं, एक १७ वर्षीया गायिकामाथि ब,’लात्कार गरेको आरोप लागेका कलाकार पल शाहविरुद्धको अनुसन्धान जारी छ ।उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा उ’जुरी परेको छ ।

उनीवि’रुद्ध अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले पहिलोपटक सात दिन र दोस्रो पटक १२ दिनको म्याद दिएको छ ।पलविरुद्ध गैँडाकोटमासमेत उ’जुरी परेपछि उनलाई मंगलबार त्यहाँ लगिएको थियो। उनले बुधबार नवलपरासीको कावासोतीस्थित सरकारी वकिलसमक्ष बयानसमेत दिएका छन् ।

१७ वर्षीया गायिकाले एक गीतको छायांकनको क्रममा गत चैत ७ गते गैँडाकोटको एक होटलमा आफूलाई ब,’लात्कार गरेको भन्दै प्रहरीमा उ’जुरी दिएकी थिइन् । उनले पहिलो उ’जुरी तनहुँमा र दोस्रो गैँडाकोटमा दिएकी हुन् । सोही उ’जुरीका आधारमा उनलाई गैँडाकोटमा ब’यानका लागि लगिएको हो ।

कावासोतीस्थित सरकारी वकिलसमक्ष दिएको बयानमा पलले आफूमाथि लागेको ब,’लात्कारको आरोप अ’स्वीकार गरेका छन् ।प्रहरी स्रोत पलले सरकारी वकिललाई दिएको बयान उद्धृत गर्दै भन्यो,“हामी सु’टिङमा क्रममा यहाँ भेटिएका हौं । राति सुत्ने बेला म गु’डनाइट भन्न ती गायिकाको ढोकासम्म पुगेको हुँ । ज,’बर्जस्ती गरेको होइन ।”

उनले आफू र आफूविरुद्ध उ’जुरी दिने गायिकाको कोठा भने सँगसँगै रहेको बताएका छन् । सो होटलको १०१ नम्बर कोठामा आफू र गायिका १०२ नम्बर कोठामा बसेको उनले बताएका छन् ।होटल सञ्चालकले समेत आफूहरुले सु’टिङ युनिटलाई केही कोठा दिएको र कुन कोठामा को–को बसे भन्नेबारे जानकारी नभएको बताएको बताइएको छ ।

प्रहरीले घ’टनामा जोडिएका अन्यसँग पनि सोधपुछ गरिरहेको छ । अनुसन्धानकै क्रममा प्रहरीले पलका म्यानेजरलाई समेत पक्राउ गरेको छ ।गैँडाकोटमा बयानलगायतका अन्य प्रमाण प्रहरीले तनहुँमै पठाउनेछ । दुवै जिल्ला एकै प्रकृतिको घटनाको कि’टानी भएकाले तनहुँबाट अ’दालती प्रक्रिया अगाडि बढाइन लागेको हो ।

प्रतिक्रिया दिनुहोस