गीतको विरोध गर्नेहरुलाई प्रकाश सपुतले दिए यस्तो जवाफ

काठमाडौ, गायक तथा गीतकार प्रकाश सपुतले भर्खर सार्वजनिक गरेको गीतले अहिले माओवादी केन्द्रमा भुइचालो गएको छ । पूर्व माओवादी लडाकुको अवस्थालाई उनले गीतमा चित्रण गरेका छन् । तर गीतको भिडियोमा देखाइएको महिला पात्रको भूमिकालाई लिएर माओवादीका केही नेताहरुले कडा आपत्ती जनाएका छन् । उनलाई युट्युववाट भिडियो हटाउन माग राखेका छन् ।

तर यसवारे गीतकार तथा गायक प्रकाश सपुतले धारणा सार्वजनिक गरेका छन् । उनले आफुले संगत गरेका साथी र आफुले देखेका नजिकका ब्यक्तिहरुको वास्तविकता नै गीतमा उतारेको बताएका छन् । ‘वास्तविक पात्र, स्वभाव र सोचको अध्ययन गरेर नै गीत तयार पारिएको छ, उनले भनेका छन् ।
गायक प्रकाश सपुतको उक्त गीतबाट सबैभन्दा बढी सत्तारुढ नेकपा माओवादी केन्द्र चिढिएको छ । धेरैजसो माओवादी कार्यकर्ता गीतविरुद्ध खनिएका छन् ।

माओवादी केन्द्र सम्बद्ध चार भातृ संगठनले आइतबार बेलुका संयुक्त विज्ञप्ति जारी गर्दै गीतलाई तत्काल युट्युबबाट हटाउनुपर्ने अडान कायमै राखेका छन् । सोमबार धनगढी पुगेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने ‘पीर’ गीतको विषयलाई लिएर धेरै आवेगमा आउनुनपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस