मेरो मृत्युपछि तिमीहरु खुशी हुने भन्दै संक्रमित सासुले बुहारीलाई दौडिएर अंगालो हालिदिएपछि…

काठमाडौं । सामान्यतया सासु र बुहारीको सम्बन्ध खास राम्रो हुँदैन । तर भारत, हैदराबादमा सासू र बुहारीको बिचमा देखिएको प्रेमले सबैलाई हैरान पारेको छ यस्तो खालको समाचार यो भन्दा पहिले तपाईंले कतै सुन्नु भएको छैन । वास्तवमा, भएको के भने कोरोनामा संक्रमित भएपछि, एक सासु असाध्यै निराश भइन् ।

त्यसपछि उनले चालेको कदम रोचक छ । रिपोर्टका अनुसार ति वृद्ध महिलाले आफ्नी बुहारीसँग अङ्कमाल गरिन्, बुहारी पनि कोरोना संक्रमित भइन् ।यति मात्र होइन, त्यसो गरेपछि उनले आफ्नी बुहारीलाई घरबाट बाहिर निकालिन् । आफु कोरोना संक्रमित भए पछि परिवारका सदस्यहरुको दृष्टिकोणमा आएको परिवर्तनबाट उनी धेरै चिन्तामा थिइन् ।

न उनलाई कसैसँग भेट्न दिइयो र न कोही उनलाई भेट्न आउँथे । यो घटना भारत, तेलङ्गानाको रञ्जना सिरचील्ला जिल्लाको सोमारीपेटा गाउँको घटेको हो ।त्यहाँ घरबाट निकालिएपछि विवाहित महिलाले आफ्नी बहिनीलाई यस घटनाको बारेमा बताइन् । तब उनलाई राजन्ना सिर्किल्ला जिल्लाको थिम्मापुर गाउँमा ससुरालको घरमा लगियो ।

त्यहाँ उनी अहिले आइसोलेशनमा छिन् । पछि, स्वास्थ्य अधिकारीहरूले ति बुहारीसँग भिडियो कन्फरेन्सिङ्गको माध्यमबाट कुरा गरेका थिए । कुराकानीमा विवाहित महिलाले उनकी सासु संक्रमित भएपछि परिवारका सबैजनाले दुरी बनाएका कारण चिन्तामा थिइन् ।

उनका अनुसार सासुको राम्रो उपचारका लागि र कोरोना नियमहरूको पालना गर्न, उनलाई परिवारबाट अलग कोठामा राखिएको थियो । त्यहाँ खाना र औषधिहरू समयमा दिने गरिएको थियो ।

परिवारका अन्य सदस्यहरुको रवैया देखेर साासु धेरै चिन्तित भईन् । एक दिन ति महिलाले परिवारलाई भनिन्, ‘के तिमीहरु सबै मेरो मृत्यु पछि पनि यस्तै खुशी हुनु चाहन्छौं ?यो कुरा गरिसकेपछि, उसले दौडिएर बुहारीलाई अँगालो हालेकी हुन् । महिलाका पति ओडिशामा ट्र्याक्टर चलाउँछन् । गत ७ महिनादेखि उनी त्यहाँ छन् ।

त्यसपछि, अधिकारीहरूले ती महिला (बुहारी) लाई एक सल्लाह पनि दिएका छन् । यदि उनले यस विषयमा आफ्नी सासूको बिरुद्द मुद्दा दर्ता गर्न चाहेमा पूर्ण सहयोग गर्ने वचन अधिकारीहरु दिएका हुन् ।

अधिकारीहरूले यस घटनाको बारेमा सासु कोरोनाबाट संक्रमित भएपछि परिवारले उनीप्रति गरेको व्यवहारले चकित र दुःखी थिइन् ।त्यसकारण, उनलाई गहिरो पीडा परेको थियो । त्यसपछि बदला लिन उनले आफ्नी बुहारीलाई पनि संक्रमित गराएर घरबाट निकालेकी हुन् ।

प्रतिक्रिया दिनुहोस