आज झन् धेरै घट्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौँ , साताको तेस्रो दिन अर्थात आज (मंगलबार) सुनको भाउ झन् घटेको छ । नेपाली बजारमा निरन्तर उकालो लागेको सुनको भाउ हिजो र आज झन् धेरै घटेको हो । आज सुन तोलामा १८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ पुस्ता डटकमलाई जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ५ सय रुपैयाँ कायम भएको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज तेजावी सुनको भाउ पनि घटेको छ। आज तेजावी सुन प्रतितोला १ लाख रुपैयाँ निर्धारण भएको छ। सोमबार तेजावी सुन प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तैगरी, सुनको भाउ सँगै आज चाँदीको मूल्य पनि घटेको छ। सोमबार १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार भने घटेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३५ रुपैयाँले सस्तो हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

प्रतिक्रिया दिनुहोस