जब बिरामीको पेटमा यस्तो बस्तु देखेपछी डाक्टर पनि परे तिन छक्क ! आखिर यो कसरी सम्भब भयो ?

काठमाडौं, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक बिरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालिएको छ । भोजपुरको भोजपुर नगरपालिका–१२, टक्सारका २१ वर्षीय युवकको पेटबाट कम्मरमा बाँ’ध्ने पेटीको बक्कल र घाँटीमा लगाउने फलामको सिक्री निकालिएको हो ।

पारिवारिक स्रोतका अनुसार ती युवकले देह’त्या’ग प्रयास गर्ने क्रममा आफैँले कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको सिक्री निलेका थिए । घटनापछि उपचारका लागि नोबेल ल्याइएका ती युवकको पेटबाट दुवै वस्तु निकालिएको हो ।

विनाचिरफार इन्डोस्कोपिक विधिमार्फत पेटमा भएको बक्कल मुखबाट निकालिएको नोबेलका विशेषज्ञ शल्यचिकित्सक डा. ध्रुवनारायण शाहले जानकारी दिए । डा. शाहका अनुसार ती युवकको पेटको खाना नलीमा बक्कल अ’ड्किएको थियो । सिक्री आमाशयमा पुगेको थियो ।

मुखबाट इन्डोस्कोप छिराएर मुखबाटै बक्कल निकालिएको हो । आमाशयमा रहेको सिक्री भने दिसाको माध्यमबाट निस्किएको हो । पेटको शल्यक्रिया तथा क्यान्सरसम्बन्धी चिकित्सक डा. शाह, डा. मोहन खड्कासहितको टोलीले बक्कल निकालेर बिरामीलाई जोखिममुक्त बनाएको जनाइएको छ ।

विना चिरफार बक्कल र सिक्री निकालिएपछि अहिले ती युवाको स्वास्थ्य अवस्था सामान्य छ । स्वास्थ्य अवस्था सामान्य बनेपछि उनलाई डिस्चार्ज गरिएको नोबेल अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस