एसीसी प्रिमियम कप फाइनल : सोमबारको बाँकी खेल आज हुँदै

काठमाडौं – नेपाल र संयुक्त अरब इमिरेटस (युएई) बिचको फाइनल खेल आज पुनः हुँदैछ। एसीसी प्रिमियम कप क्रिकेटको सोमबारको खेल वर्षाका कारण रोकिन पुगेपछि आज बाँकी खेल हुन लागेको हो।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाइरहेको बेला वर्षाका कारण खेल रोकिन पुगेको हो।

नेपालले आक्रमक खेल खेलिरहेको बेला १६ ओभरको समाप्तिमा युएई ६० रन जोडेर ५ विकेट लिएपछि पहिलो पटक वर्षाको कारण रोकिन पुगेको खेल पुनः सुचारु गरिएको थियो।

दोस्रो पटक पुनः सुचारु गरिए पनि वर्षा सुरु भएपछि केही समयका लागि रोकिएको थियो तर ३:३० बजेसम्म पनि वर्षा रोकिने नदेखिएपछि खेल आजसम्मका लागि स्थगित हुन पुगेको हो।

हिजो भएको खेलमा नेपालका लागि ललित राजवंशीले ३ विकेट लिँदा करण केसी र सन्दीप लामिछानेले समान २-२ विकेट झारेका थिए। सोमपाल कामी र गुल्सन झाले समान १-१ विकेट लिएपछि युएई दबाबमा परेको थियो।

हिजो भएको खेलमा अब नेपाल युएईलाई अलआउट गर्नुभन्दा १ विकेटमात्र बाँकी रहेको छ। हिजो स्थगित भएको स्थानबाट नेपालले आज बलिङ सुरु गर्नेछ। नेपाल टस हारेर हिजो बलिङमा गएको थियो।

मंगलबार रिर्जभ डे भएकाले बिहान ९ बजेबाट युएईले १०६-९ विकेटको अवस्थाबाट खेल सुरु गर्नेछ। मंगलबार पनि सोमबारको झै वर्षा भएको खण्डमा सुपर ओभर खेलाउने प्रयास हुनेछ। पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ।

प्रतिक्रिया दिनुहोस