पेटमा बोसो लाग्न थाल्यो ? उसो भए यी खानेकुरा खानुस्, पेटमा बोसो पगाल्नुस् !

काठमाडौँ, यदि तपाई शरिरको तौल घटाउन बजारमा पाइने औषधी प्रयोग गर्दै हुनुहुन्छ भने एक पटक सोच्नुहोस् त्यस,को सेवनले कस्तो असर पार्छ ।बजारमा पाइने केमिकल युक्त औषधीको प्रयोगले फाइदा भन्दा धेरै बेफाइदा गर्छ । त्यसकारण यस्तो अवस्थामा शरिरको बोसो घटाउन केमिकलयुक्त औषधी भन्दा प्राकृति, उपायबाट उपचार गर्नु राम्रो हुन्छ ।

१.लसुनः लसनु एक प्राकृतिक चिज हो । जसले एन्टी बायोटिक र सुगरलाई नियन्त्रण गर्नुको साथै शरिरमा बोसो जन्म दिँदैन् । त्यसकारण हरेक दिन खानामा लसुनलाई प्रयोग गर्नु उपयुक्त हुन्छ ।२.ग्रीन टीः केही समयदेखि निकै लोकप्रियता पाएको ग्रिन टि स्वास्थ्यको लागि लाभदायक रहेको छ । जसमा क्याटेचिन्स नामको यौगिक तत्व हुने भएकाले शरिरमा भएको अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्छ ।

३.केराःयदि तपाईलाई फास्ट फुड खाने बानी लागेको छ भने यी खानेकुरा खान छोडेर केरा खाने गर्नुहोस् केरामा भरपुर मात्रामा पाइने पोटासियमले तौल कम गर्न मद्दत गर्छ ।
४.पुदीनाः पुदिनाको प्रयोगले पनि पेटको बोसो कम गर्न मद्दत गर्छ । त्यसको लागि एक कप मनतातो पानीमा पुदिनाको केही पात हालेर राख्ने । त्यसमा मह मिसाएर पिउने गर्ने । यसरी दैनिक पुदिना पान सेवन गर्ने गर्दा पेटको बोसो कम हुन्छ ।

सपनामा कस्तो घोडा देखे के हुन्छ ?
निदाएको बेला सपना देखिन्छ । सपनाले मिश्रित फल दिने धार्मिक विश्वास छ । सपनाको फल सामान्यतया केही दिन, हप्ता वा महिनापछि प्राप्त हुने मान्यता छ ।राति ३ बजेदेखि सूर्योदय अगाडिसम्मको सपनाको फल केही दिनमा पाइने धार्मिक विश्वास छ । सपनामा मानिसले विभिन्न कुराहरू देख्छन्। यसमा जनावर पनि पर्दछ ।

सपनामा घोडा देख्दा के हुन्छ ?
सपनामा एउटा मात्र घोडा देखे यसले उत्साह र उमङ्गले काम अघि बढ्ने सङ्केत गर्दछ । नेतृत्वदायी भूमिका निर्वाह गर्न सकिने र काममा सफल हुने सङ्केत पनि मानिन्छ । यस्तै सपनामा घोडामा चढेको देखे शुभ सङ्केत मानिन्छ ।

यदि सपनामा धेरै घोडा एक साथ देखे भाग्यले साथ दिएर काम सम्पन्न हुने सङ्केत मानिन्छ । यसले व्यापार व्यवसाय र जागिरमा लाभ हुने मान्यता छ । तर विभिन्न श्रृगांर लगाएर सजाइएको घोडा देखे यसलाई हानीको सङ्केत मानिन्छ ।

प्रतिक्रिया दिनुहोस