पल शाह प्रकरण : यी दम्पतीले नाबालिकाको उ,जुरीलाई सहयोग पुग्नेगरी दिए बयान, अब के हुन्छ ?

तनहुँ प्रहरीले अहिलेसम्म पल शाह प्रकरणमा जोडिएका ५ जनासँग बयान लिएको छ । तनहुँ प्रहरीले नाबालिग र शाह बसेको घरका घरधनी प्रदिप थापा र उनको पत्नीसँग बयान लिएको छ ।

घरधनी दम्पतीले प्रहरीसँग भनेका छन्–‘त्यसदिन पल र बालिकासँगै बसेका हुन् ।’ घटना भएको दिन कमल खत्री भन्ने व्यक्ति सो घरको छुट्टै कोठामा बसेका थिए । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार प्रदिप थापा दम्पतीले बालिकाको उजुरीलाई सहयोग पुग्नेगरी बयान दिएका छन् ।

कलाकार दुर्गेश थापा र सम्राट चौलागाईंसँग पनि प्रहरीले बयान लिइसकेको छ । आरोपी पल शाहले चाहिँ ‘ब’ला’त्कार’ अस्वीकार गरेका छन् । तनहुँका अनुसन्धान अधिकृत र सरकारी वकिल कार्यालयका अधिकारीसँगको बयानमा शाहले आरोप अस्वीकार गरेका हुन् ।

प्रहरीले पीडित बालिकाको पनि घटना विवरण कागज गराएको छ । शाहबारे थप अनुसन्धान भइरहेको र ‘म्यानेजरबारे पनि अनुसन्धान हुँदैछ जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपीले बताए ।

पल शाह विरुद्ध पूर्वी नवलपरासी प्रहरी कार्यालयमा पनि जाहेरी दर्ता गरिएको थियो । तनहुँमा जाहेरी दिएकी नावालिगले नै पूर्वी नवलपरासीमा जाहेरी दिएकी हुन् । प्रहरीमा उजुरी परेको पाँच दिनपछि पलले तनहुँ प्रहरी समक्ष १५ फागुनमा गि’र’फ्तारी दिएका थिए । पलविरुद्ध ११ फागुनमा तनहुँ प्रहरी समक्ष उजुरी परेको थियो ।

पूर्वी नवलपरासीमा शाहले नाबालिगलाई ब’ला’त्कार गरेको आरोपबारे अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय पूर्व नवलपरासीमा अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस