अभिनेता पल शाह विरुद्ध होलीकै दिन प्रहरीले गर्दैछ मुद्दा दर्ता

काठमाडौ, नाबालिग गायिकालाई कर णी गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहविरुद्ध गैंडाकोट प्रहरीको अनुसन्धान सकेको छ । अदालतले अनुसन्धानका लागि थुनामा राख्न दिएको म्याद सकिनु अघि नै प्रहरीले अनुसन्धान सकेको हो ।

अदालतले पललाई दुई पटक म्याद थप गरेको हो । गत फागुन २४ गते तनहुँको दमौलीबाट गैंडाकोट लगिएका शाहसँग प्रहरीले बयान सकाएर पुनः तनहुँ पठाएको छ। उनी विरुद्ध तनहुँ र गैडाकोटमा गायीकाको तर्फवाट उजुरी परेको थियो ।

तनहुँमा प्रहरी हिरासतमै रहेका बखत शाहविरुद्ध नवलपरासीमा भिडियो छायांकनका क्रममा पनि कर णी गरेको भन्दै गैंडाकोटमा समेत उजुरी परेको थियो। प्रहरीले तनहुँवाट गैडाकोट झिकाएर अनुसन्धान गरेको थियो ।

अनुसन्धान पूरा गरेपछि जिल्ला प्रहरी कार्यलय नवलपरासीपूर्व (नवलपुर)ले प्रस्तावित राय सुझाव सरकारी वकिल कार्यालयमा पठाएको डीएसपी दिलीपकुमार गिरीले बताए।सरकारी वकिल कार्यालय नवलपुरले बिहीबार वा आइतबारसम्म जिल्ला अदालतमा मु द्दा दर्ता गर्ने तयारी गरेको छ। गैंडाकोट प्रहरीका सामु पलले आफूले त्यहाँ नाबालिगको कर णी नगरेको बयान दिएका थिए। शाहले तनहुँ प्रहरीसमक्ष पनि नाबालिगको कोठामा छिरे पनि उनीसँग कुनै गलत काम नभएको बयान दिएका थिए।

यता जिल्ला अदालत तनहुँबाट दोस्रो पटक १२ दिन म्याद थपेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको समय भोलि सकिँदैछ। तनहुँ प्रहरीले पललाई पक्राउ गरेपछि पहिलो पटक अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरेको थियो। त्यसपछि १२ दिन थप गरिएको समयमा उनलाई नवलपुर लगिएको थियो।

प्रतिक्रिया दिनुहोस